‘के थियो हिजो, के भयो आज’ भन्दै भीम रावलले लेखे कविता



हाम्रो इकोनोमि

 

–भीम रावल
खोलेर आँखा देश र संसार राम्ररी हेरौँन
शैली र ढाँचा जति छन् त्याज्य अब त फेरौन,
हामीलाई आशा, भरोसा गरी जनता हेर्दैछन्
नेपाल पछि ब्युझेका देश काँचुली फेर्दैछन् ।

नेपाल आमा, कान्ति र आभा सुन्दर खोज्दैछिन्
स्वत्व र गौरव मुटुमा साँच सन्तान हो भन्दैछिन्,
विश्वले हेर्छ हिमाल तिर लुम्बिनी यहीं छ
समृद्धि ल्याउने वरदान सरी प्रकृति जहाँ छ ।

धर्तीको आवाज जन–जनको धड्कन छामेर बुझौँन
हिँडेका पाइला गरेका बाचा फर्केर हेरौँन,
कतिले यहाँ जीवनै दिए काम गरौँ इमानले
खोजेको देशले पाउनेछ पक्कै सामुहिक योगदानले ।

के थियो हिजो के भयो आज विचार गरौँन
लिएको लक्ष्य, उद्देश्यतर्फ अगाडि बढौन,
हामीले आज गरेनौँ भने कसले देश सपार्ला
जनता र देश संकटमा परे इतिहास धिक्कारला !

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...