बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २७ अझै बेपत्ता



हाम्रो इकोनोमि

 

चार दिनदेखिको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको ४३ पुगेको छ ।

बाढी र पहिरोका कारण जनधनको क्षति हुने क्रम अझै रोकिएको छैन, भने २७ जना अझै बेपत्ता भएका छन् ।

प्रदेश नम्वर १, २ र ३ मा सवैभन्दा बढी मानवीय क्षति भएको छ भने अर्बाैको धनमाल नष्ट भएको छ ।

काठमाडौं, ललितपुर, खोटाड, धार्दिड, रौतहत, पूर्वी रुकुम र डोल्पामा गरी ४३ जनाको ज्यान गएको छ । बर्षा नरोकिएका बाढी र पहिरोको सम्भावना अझै टरेको छैन । देशका विभिन्न स्थानमा नेपाली सेनाले ८ हजारको जनशक्ति परिचालन गरेको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि ठुलो मात्रामा परिचालन गरिएको छ । तीन सुरक्षा निकायले जोखिममा परेका ३५८ जनाको सकुशल उद्धार गरिएको छ ।

राजधानी काठमाडौंमा शुक्रवार बढी क्षति भएको थियो भने प्रदेश २ का ८ जिल्ला शनिवार बिचल्ली नै भयो । सवै जिल्ला डुवानमा परेका छन् । रौतहटको सीमा भारतले बाँधेको बाँधका कारण मधेस क्षेत्र डुवानमा परेको हो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...