राैतहटकाे गाैर जलमग्न, पूर्वप्रधानमन्त्री नेपालकाे घर पनि डुब्यो



हाम्रो इकोनोमि

 

रौतहट जिल्लामा बाढीले डुबान भएकाे छ । लगातारको झरीपछि बागमती र लालबकैया नदीमा बाढी आएपछि सदरमुकाम गौर जलमग्न भएको हाे ।

सदरमुकाम गौरमा रहेका घरमा पानी पसेपछि स्थानीयहरू उद्धारको पर्खाइमा रहेका छन् ।

सदरमुकाम गौरसहित १८ वटै स्थानीय तह जलमग्न भएका छन् । लालबकैया र बाग्मती खोलाले ठाउँठाउँमा तटबन्ध भत्काएको छ ।

बाढी बस्तीमा झण्डै ५ हजार नागरिक विस्थापित भएका छन् । नागरिक रातभरि भोकभोकै र जाग्राम बसेका छन् । १ तला घर हुनेहरू छिमेकी दुई तले घर भएकाहरुकोमा बसेका छन् ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घरसहित सरकारी कार्यालय, कारागार डुबेका छन् । अन्नबाली र पशुचौपाया जोगाउन नसकेका नागरिक आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

पूर्व प्रधानमन्त्री नेपालकाे परिवार भने काठमाडाैंकाे काेटेश्वरमा रहेकाे घरमा बस्दै आएकाे छ ।

ठाउँ–ठाउँमा बाढीको पानीले घेरिएर टापु बनेका ठाउँमा नागरिक फसे पनि सरकारले उद्धारका लागि हेलिकप्टर पठाउन सकेको छैन ।

सीमावर्ती क्षेत्रमा भारतले लालबकैया र बागमतीसँगै जोडिएको ६ किलोमिटर तटबन्ध निर्माण गरेका कारण पानीको बहाव रोकिएको छ । १० फिट पानी जमेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...