लिंग उत्तेजित हुँदैन ? माकुराको विषले औषधिको काम गर्छ



 

 

संसारभरिका करोडौं मानिसलाई चिन्ता र चासोमा पार्ने तर सार्वजनिक रुपमा भन्न नसक्ने वा मन नपराउने वा भन्न नहुने भनी बर्जित गरिएको एउटा यौन समस्या छ, जसलाई अंग्रेजी भाषामा Erectile dysfunction (ED) भनिन्छ । त्यसलाई नेपालीमा उल्था गर्ने हो भने त्यसको अर्थ लिंग उत्तेजित हुँदै नहुने, वा छोटो समयको लागि मात्र हुने वा कहिले हुने, कहिले नहुने भन्ने हुन आउँछ । विवाहित मानिसको लागि जिन्दगीमा सबैभन्दा लाजमर्दो, सबैभन्दा हीनताबोध गराउने कुनै कुराहरु हुन्छन् भने सबैभन्दा प्रमुख कुरा नै यही हो ।

 

यौन समस्याका कुराहरु चर्चा गर्नु हुन्न भन्ने रुढीवादी सामाजिक मान्यता र सोचका कारण मानिसहरु खुलेर यस समस्याबारे कुराकानी गर्न लजाउँछन्, डराउँछन् । तर वास्तवमा, यही समस्याले आजभोलि संसारका करोडौं मानिसहरु पीडित छन् र त्यसैले उनीहरुको पारिवारिक जीवन पनि दुःखमय बन्ने गरेको छ ।

 

यो समस्याको समाधानको खोजीमा लामो समयदेखि वैज्ञानिकहरु लाग्दै र जुट्दै आएका छन् । त्यसका लागि थुपै्र उपाय, विधि र औषधिहरु पनि पत्ता लागिसकेका छन्, लाग्ने क्रम जारी छ । त्यसैको पछिल्लो कडीमा वैज्ञानिकहरुले माकुराको विषले पनि यो समस्याको उपचारमा उपयोगी हुने कुरा फेला पारेका छन् ।

 

त्यसो त यो माकुरा तपाईं हामीले देख्दै आएको सामान्य, ऐरै गैरे नत्थु खैरे माकुरा चाहिँ होइन है । यो माकुरा त ब्राजिलमा पाइने त्यस्तो खतरनाक माकुरा हो, जसले टोक्यो भने मानिसलाई विचित्र खालको असर हुने गर्छ । वास्तवमै यो माकुराले टोक्यो भने टोकाइ खाने मानिसको लिंग घण्टौंसम्म उत्तेजित भइरहने हुन्छ । तर त्यो उत्तेजना सामान्य यौनक्रियाकलापको दौरानमा हुने जस्तो आनन्द दिने खालको हुँदैन, बरु त्यो त अत्यन्तै कष्टकर र पीडादायी हुने गर्छ ।

 

जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक शोधपत्रमा उल्लेख भएअनुसार १३ देखि १५ सेन्टिमिटरसम्म लामो हुने, Phoneutria nigriventer नाम गरेको उक्त माकुराको विषमा PnPP-19 नामक रसायन पाइन्छ । अनुसन्धानकर्ताहरुले प्रयोगशालामा मुसामाथि यो रसायनको प्रयोग गर्दा मुसाको लिंगोत्थान नहुने समस्या हल भएको र त्यसले कुनै नकारात्मक असर पनि नगरेको पाइयो ।

 

यसअघि पनि मुसामा नै गरिएको प्रयोगमा उक्त रसायनले मुसाको पुरुष लिंगको मांसपेशी तथा क्लिटोरिजमा रक्त प्रवाह गर्न मद्दत गरेको पाएका थिए । उनीहरुले के पनि फेला पारेका थिए भने माकुराको विषले मुसाको प्रजनन अंगको स्पन्जजस्तो मांसपेशीलाई आराम अवस्थामा पुर्याइदिने र फलतः त्यस क्षेत्रमा रक्तप्रवाह सजिलैसँग हुने स्थिति पैदा गराइदिन्छ । यौनाङहरुमा सहज रक्तप्रवाह हुँदा स्वभाविक रुपमा त्यसले लिंग उत्तेजित बनाउन मद्दत गर्ने गर्छ ।

 

पछिल्लो ताजा अनुसन्धानले देखाएअनुसार, माकुराको उक्त विषको आधारमा सिन्थेटिक औषधी तयार गरेर त्यसलाई इन्जेक्सन वा मलमको रुपमा प्रयोग गरेर लिंग शिथिल हुने तथा यौनक्रिया गर्न नसक्ने मानिसहरुको उपचारमा प्रयोग गर्न सकिन्छ । यसमा पनि अनुसन्धानकर्ताहरु प्रयोग गरिएको मलमको १० प्रतिशत जति भाग मात्रै छालाभित्र जाने भएकोले त्यसको प्रभाव तुलनात्मक रुपमा कम हुने बताउँछन् । अनुसन्धानकर्ताहरुले पत्ता लगाएको मुख्य कुरा के छ भने उच्च रक्तचाप र मधुमेहले ग्रसित मुसाहरुमा पनि यसको प्रयोग सुरक्षित नै देखियो । त्यसै गरी, गत वर्ष मानिसमा नै गरिएको चिकित्सीय प्रयोगमा पनि मुसामा परीक्षण गरिएको उक्त मलम सुरक्षित र प्रभावकारी नै रहेको पाइयो ।

 

त्यसो त उक्त माकुराको विषको त्यस किसिमको प्रभावबारे अनुसन्धानकर्ताहरुले सन् २००० को शुरुवातताका नै पत्ता लगाएका थिए । त्यसअनुसार, उक्त माकुराले टोक्दा त्यसको विषले स्नायु प्रणालीमा असर गर्ने, मांसपेशीमाथिको नियन्त्रण गुम्ने, सास फेर्न गाह्रो हुने, अत्यन्तै पीडा हुने, प्यारालाइसिस हुने तथा कसैकसैमा अन्ततः शरीरमा अक्सिजनको कमी भएर मर्ने अवस्था समेत आउन सक्छ । सबैभन्दा अचम्मको कुरा त के छ भने यो माकुराले टोकेको व्यक्ति पुरुष छ भने उसको लिंग अनौठोसँग घण्टौंसम्म उत्तेजित भइबस्ने पनि हुन्छ । तर त्यस्तो उत्तेजना अत्यन्त पीडादायी हुने र त्यस्तो व्यक्तिमा नपुंसकता हुने समेत खतरा रहन्छ ।

 

त्यसो त यो माकुराले टोक्नेबित्तिकै सबै व्यक्तिलाई माथि उल्लिखित खतराहरु देखा पर्दैन । विशेष गरी २.३ प्रतिशतहरुमा मात्रै, त्यो पनि विशेष गरी बच्चाहरुमा त्यो खालको जटील अवस्था आउन सक्छ र उनीहरुलाई त्यस टोकाइको उपचारको जरुरत पर्न सक्छ ।

 

मूलतः ब्राजिलमा पाइने उक्त माकुरा उरुग्वे, पाराग्वे र अर्जेन्टिनामा पनि पाइन्छ । यो माकुराले कीराफट्यांग्रा, भ्यागुतो र छेपारो खाने गर्छ । Phoneutria genus वैज्ञानिक समुहमा पर्ने यो माकुराका ८ प्रजातिहरु हुन्छन् । यो नाममा ग्रीक शब्दको phónos  बाट लिइएको हो, जसको अर्थ प्राचीन ग्रीकमा हत्या हुने गर्छ ।

 

किन बढ्दैछ सम्बन्धविच्छेदको घटना, हरेक एक सेकेन्डमा एउटा सम्बन्धविच्छेद

 

दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु नै अहिलेको समस्या हो । सानोतिनो मनमुटावमा नै सम्बन्धविच्छेदको बाटो अपनाउँदा समाजमा सम्बन्धविच्छेदको संख्या निकै बढेको छ ।

विशेषतः विवाहत्तेर सम्बन्ध, गरिबी, लागूऔषध र शारीरिक र मानसिक अक्षमता नै अहिले सम्बन्धविच्छेदको मुख्य कारण बनेको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धानले विश्वभरीनै बढिरहेको सम्बन्धविच्छेदको घटनाको बारेमा तथ्याकं संकलन गरेको छ ।

 

पछिल्लो ६० वर्षमा विश्वभरीनै सम्बन्धविच्छेदको समस्या तीव्र गतिमा बढिरहेको छ । अमेरिकाको ‘डाइभोर्स रेकर्ड’ को अनुसार १९६० बाट ‘डाइभोर्स रेट’ २५१.८ प्रतिशतले बढिरहेको छ । तर, भारतमा भने सम्बन्धविच्छेदको रेट १ प्रतिशतले मात्र बढेको पाइएको छ ।

 

भारतमा सबैभन्दा कम

भारतमा अहिले सम्बन्धविच्छेदको घटना कम पाइएको छ । भारतमा एक हजार विवाहमा १३ जनाको सम्बन्धविच्छेद हुने गरेको छ । यसको सबैभन्दा ठूलो कारण पारिवारिक परम्परा भएको अनुसन्धानमा उल्लेख छ । भारतीय संस्कारअनुसार विवाहपश्चात दुई जना मात्र नभई दुई परिवार नै जोडिने भएकाले हत्तपत्त सम्बन्धविच्छेद गर्नु मुश्किल हुन्छ । त्यसैले धेरै महिलाहरुमा समस्याका बाबजुत पनि सम्बन्धलाई जोगाइरहनुपर्छ भन्ने धारणा रहिआएको छ ।

 

लग्जमबर्गमा सबैभन्दा धेरै

युरोपको सबैभन्दा सानो देश लग्जमबर्गको जनसंख्या ५ लाख मात्रै छ । तर यहाँ ८७ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको छ । धनी देशहरुको सूचीमा पर्ने यो देश सम्बन्ध कायम राख्ने विषयमा निकै पछाडि रहेको छ । भने, यहाँको जनसंख्या वृद्धिदर युरोपमै सबैभन्दा बढी छ ।

 

रुसमा हरेक १ सेकेन्डमा एक सम्बन्धविच्छेद

रुस यस्तो देश हो जहाँ हरेक एक सेकेन्डमा एक जोडीको सम्बन्धविच्छेद हुन्छ । यहाँको एक तिहाई विवाह जम्मा पाँच वर्ष मात्रै टिक्छ । त्यसैगरी, यहाँको सम्बन्धविच्छेदको दर पनि ५१ प्रतिशत रहेको छ ।

 

स्पेनमा विवाह टुट्नुको कारण गरिबी

गरिबीको कारण अक्सर वैवाहिक जीवनमा मनमुटाव आउने गर्छ । गरिबीकै कारण विवाहित जोडी सम्बन्धमा खुशी हुन सक्दैनन् । किनकी सानो भन्दा सानो आवश्यकता पनि गरिबीको कारण पूरा हुन नसकेपछि सम्बन्धविच्छेद हुने सम्भावना धेरै हुन्छ । यस्तै, स्पेनमा पछिल्लो केहि वर्षमा स्पेनको आर्थिक अवस्थामा आएको उतारचढावका कारण सम्बन्धविच्छेद हुने गरेको छ । यहाँको सम्बन्धविच्छेदको ६५ प्रतिशत रहेको छ ।

 

इङ्ग्लान्डमा बयस्क जोडीमा धेरै सम्बन्धविच्छेद

इङ्ग्लान्डमा पछिल्लो केहि वर्षमा सवा लाख जोडीको सम्बन्धविच्छेद भएको अनुुसन्धानमा खुलेको छ । इङ्ग्लान्डमा सम्बन्धविच्छेदको दर ४२ प्रतिशत रहेको छ । यसको मुख्य कारण १८ देखि २२ वर्षको उमेरमा हुने विहे हो । यो उमेरमा सम्बन्धविच्छेदको खतरा धेरै हुन्छ । किनकी, सानै उमेरमा विवाह गर्दा एक अर्कासँग ‘एडजस्ट’ हुन सक्दैनन् र सम्बन्धविच्छेद गर्छन् ।

 

अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह

अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह भएको अनुसन्धानमा उल्लेख छ । अमेरिकामा दोस्रो विवाह गर्नेको संख्या बढिरहेको छ । एउटा जोडीमा कोहि न कोहि दोस्रो व्यक्तिसँग विवाह गर्न चाहान्छ । जसको कारण सम्बन्धविच्छेदको प्रतिशत ४६ प्रतिशतले बढिरहेको छ । त्यसैगरी, अर्को कारण जोडीमा कुनै एकको अक्षमता पनि रहेको अनुसन्धानमा पत्ता लागेको छ ।

 

पहिलो भेटमै शारीरिक सम्पर्क भयो, के गर्ने ?

 

पहिलो भेटमा शारीरिक सम्पर्क भयो भने त्यो प्रेम सम्बन्ध अगाडि बढ्दैन । किनभने यस्तो सम्बन्धमा एकअर्कामा शंका बढदै जान्छ ।’ केही बर्षअघि एक तालिममा प्रसंगवस तपाईंले यसै भन्नुभएको थियो । आज तपाईंको त्यो भनाइ मेरो जीवन-भोगाई बनेको छ । केही समय अघि रोजगारीको सिलसिलामा एक युवतीसँग परिचय भयो । फिल्डमा थियौं । उस्तै काम र एकै क्षेत्रमा भएकाले हामी नजिक भयौं । हामीवीच शारीरिक सम्बन्ध पनि रहन गयो । शारीरिक सम्पर्कपछि उनलाई केही पश्चाताप लागेको हुनुपर्छ, मैले यस्तै महसुष गरेको छु ।

 

उक्त घटनाको एक वर्षपछि अर्थात अहिले उनी मबाट टाढिदै गएकी छिन् । जबकी हामीले एकअर्कासँगै जीवन विताउने योजना बनाएका थियौं । त्यही अनुसार नै पहिलो पटक शारीरिक सम्पर्क भएको थियो । तर, अहिले उनको आनीबानी फेरिएको छ । उनी खिन्न देखिन्छन् । शारीरिक सम्पर्कका लागि पनि राजी छैनन् । उनी टाढाको यात्रामा वा एकान्तमा जान इच्छुक छैनन् ।

 

म उनीप्रति असाध्यै आकषिर्त छु र जीवनसाथी बनाउन चाहन्छु । तर, उनी क्रमस टाढिदैछिन् । मलाई लाग्छ, पहिलो भेटमै शारीरिक सम्पर्क राखेकाले उनले मेरो आनीबानीमाथि शंका गरेकी छिन् । हुन त मलाई पनि उनीमाथि त्यस्तै शंका लागेको थियो । एकै भेटमा शारीरिक सम्पर्कका लागि राजी हुने कस्ती केटी होलान् भनेर सोचेको थिएँ । तर, अहिले त्यस्तो लाग्दैन । मैले त्यो घटनालाई एउटा संयोग मानेको छु ।

तर, उनीभने के मलाई शंकाकै नजरले हेरिरहेकी छिन् ? के ममाथि उनको विश्वास टुटेको छ ? पहिलो भेटमै शारीरिक सम्पर्क गरेपछि मित्रता वा सम्बन्ध टुट्छ ? प्रेम सम्बन्ध राख्ने मनासयमा पुगिसकेको बेला शारीरिक सम्पर्क राख्नु ठिक थिएन ? -रमेश

 

रमेशजी, तपाईले आफ्नो उमेर खुलाउनु भएको छैन । तालिमका क्रममा मैंले यो कुरा धेरै स्थानमा भनेका कारण तपाईं कुन तालिममा सहभागी हुनुहुन्थ्यो थाहा हुन सकेन ।  यद्यपी तपाईं अविवाहित भएको र कलेजहरुका कार्यक्रममा भेट भएको हुनसक्छ भन्ने अनुमान गर्न सक्छु । त्यही आधारमा उत्तर दिने प्रयास गरेकी छु ।

 

अनुमान गर्दा तपाईहरु दुवैजना युवा अवस्थामा हुनुहुन्छ । यस्तो उमेरमा विपरीत लि*ङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । मुख्य कुरा यही बेला प्रेममा फस्ने उमेर पनि हो । शरीरमा एकप्रकारको ज्वर प्रशारित भएको हुन्छ । त्यसैले पहिलो भेटमै केही समय व्यथित गर्दा शारीरिक सम्पर्क हुनुलाई मैले आश्चर्य मानेकी छैन । किनभने यो स्वभाविक प्रक्रियाभित्रै पर्छ ।

 

शारीरिक सम्पर्कपछि तपाईंले त्यो घटनालाई जीवनभर सधैं रहने प्रेमपूर्ण काम मान्नु भएको छ कि तत्कालको आवेग, त्यो कुरा छुट्याउनु पर्ने हुन्छ । जीवनभर रहने घटना मान्नु भएको छ भने त्यसलाई अघि बढाउन केही सम्झौता गर्नुपर्ने हुन्छ ।

 

तपाईंहरु शारीरिक सम्पर्क मात्रै हुनुहुन्छ कि प्रेममा पनि अगाडि बढि सक्नुभएको यो कुरा बुझ्न आवश्यक छ । एक पल्ट अचानक शारीरिक सम्पर्क भएको हो भने त्यो कुरा त्यहीँ सकिनु पर्छ । तर प्रेम सम्बन्ध पनि छैन र प्रत्येक भेटमा शारीरिक सम्पर्क हुन्छ भने चाहीँ यो चिन्ताको विषय हो ।

तपाईंको प्रश्नबाट तपाईंहरुलाई नजिक हुनासाथ शारीरिक सम्पर्कमै पुग्ने गरेको कारणले चिन्ता बढ्न थालेको देखिन्छ । साथै निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ । भेट हुनासाथ शारीरिक सम्पर्कमा पुगिहालेकोले प्रेमीलाई केही आत्मग्लानी भएको हुनसक्छ । त्यो कुरा तपाईले संकेतको रुपमा पाउनुभएको छ र त्यसले तपाईलाई छटपटी गराएको छ ।

 

हुनत यो उमेर यसरी छटपटाउने खालको पनि हो । तुरुन्तै शारीरिक सम्पर्क भैहालेकोले पनि छटपटाहट बढेको हुनसक्छ । युवतीलाई आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप पनि हुनसक्छ । तपाईहरुको छटपटाहटमा यस्ता थुप्रै पक्षहरुको भूमिका रहेको छ । पहिलाका अध्ययनहरुले देखाए अनुसार पहिलो डेटिङ्गमै पनि शारीरिक सम्पर्क भैहालेमा यसले जोडीको दीर्घकालिन सम्वन्धमा खासै असर पर्दैन ।

 

केही अध्ययनले चाही पहिलो डेटिङ्गमानै हुने शारीरिक सम्बन्धले पार्टनर माथि शंका पैदा हुने वताएको छ । विशेष गरेर शारीरिक समबन्ध पहिलो भेटमानै हुने व्यक्तिले सामाजिक वा प्रेम सम्वन्धलाई बलियो बनाउछ त भन्नेमानै दुविधा भएको पाईन्छ ।

अनुसन्धानकर्ताहरुले पहिलो डेटिङमै शारीरिक सम्पर्क हुनासाथ सम्वन्ध नै बिग्रने भनेका छैनन् । तर उनीहरुको भनाईमा गुणस्तरीय शारीरिक सम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटकपटकका डेटिङपछि मात्र शारीरिक सम्पर्क भए राम्रो हुन्छ ।

मनोबैज्ञानिक हिसावले हेर्दा जसरी तपाईहरु अगाडि बढ्नुभयो, त्यसरी नै तपाईंहरुका बीच केही असहज वातावरण बनेको जस्तो देखिन्छ र त्यसको असरले तनावमा धकेलेको देखिन्छ । यसलाई राम्रो मान्न सकिदैन ।

 

एउटा कौतुहल शान्त पार्ने क्रममा अझ थप छटपटी पैदा भएको छ । पढ्नुपर्ने बेलामा अनेक छटपटी भएको छ । हरेक कुरा स्वाभाविक ढंगले अगाडि बढेको खण्डमा त्यसले नतिजा राम्रो दिन्छ । एक अर्कालाई बुझ्न, आफ्नो संस्कृति र नियम कानूनले दिने अनुमति, पारिवारिक स्वीकृति जस्ता पक्षहरुलाई सहज बनाउन केही समय लाग्छ ।

एकअर्कालाई बुझ्ने, शारीरिक सम्पर्कका सकारात्मक नकारात्मक पाटाको अध्ययन विश्लेषण गर्ने, भविष्यको के कस्तो योजना बनाउन लागिएको हो, त्यसबारेमा स्पष्ट हुने, जीवनका उच्च प्राथमिकताहरु र न्युन प्राथमिकताहरुका बारेमा राम्ररी थाहा पाउने र आपसमा सञ्चार गर्ने गर्नाले अझ सामिप्यता बढाउँछ, प्रेम सम्वन्ध घनिभूत हुन्छ । यसले बिभिन्न शंका उपशंकाहरु पैदा गर्दैन र मानसिक असर पनि नकारात्मक हुँदैन । यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ ।

 

प्रेमीलाई पहिलो शारीरिक सम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाई बढी छटपटिनु भएको हुन सक्छ । यसका लागि तपाईले उनलाई राम्ररी सोध्ने र पछिका दिनहरुमा सहमतिमा अगाडि बढ्न सकिने कुरा बताउनुपर्छ ।

अर्थात प्रेमीको प्रतिक्रिया के छ भन्ने स्पष्टरुपमा थाहा पाउनुहोस । समाधान त्यही निस्कन सक्छ । उनलाई नराम्रो असर परेको छ भने पनि आपसमा छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ । यसले दुबैलाई थप नजिक ल्याउन मद्दत पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।