यतीको जहाज चिप्लियो, दुई यात्रुको अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

यति एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ। नेपालगन्जबाट आएको यति एअरलाइन्सको एएमएम एटीआर ७२ विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो । विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार बिमान चिप्लिए पनि सबै यात्रुहरू सकुशल छन्। विमान हटाउने लगायतका कामका लागि अहिले विमानस्थल बन्द छ। रनवे मा दमकल तथा एम्बुलेन्स देखिएको छ।

प्रवक्‍ता तिवारीका अनुसार अहिले जहाजमा भएको क्षति अनुगमनको काम भइरहेको छ। त्यसपछि मात्र विमानस्थल खुल्ने छ । ६६ यात्रु बोकेको यतिको एटीआर विमान दुर्घटना हुँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।

उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ । अहिले आपतकालीन संयन्त्रलाई सुचालु गरेर उद्धार कार्य भइरहेको विमानस्थल प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...