चक्रपाणि खनालले भने मैले प्रधानमन्त्रीलाई पत्र देखाएको थिए



हाम्रो इकोनोमि

 

कृषिमन्त्री चक्रपाणि खनालले विषादी प्रकरणमा भारतीय दूतावासले पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन् । दूतावासको पत्रबारे जानकारी नगराउँदा आफूले आएको छैन भनेको र सार्वजनिक रुपमा लज्जित हुनु परेको भन्दै प्रधानमन्त्रीले माफी मागेका थिए । कृषिमन्त्री खनालले भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी नगराएको पाएपछि आफूले नै देखाएको बताएका छन् ।

 

शुक्रबार बिहान विषादी परिक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ । पररष्टलाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो ।’

उनले अघि भने, ‘पत्र आएको थाहा पाएपछि सम्माननीयज्यू (प्रधानमन्त्री)लाई मैले भनेको थिएँ, पत्र आएको रहेछ । मैले कृषि मन्त्रालयमा त भेटेँ भनेपछि उहाँले खोई हेरौं त भन्नुभयो । हेर्नुभयो र पत्र त आएको रहेछ, समयमा जानकारी भएन भन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...