छवि र शिल्पाको सम्बन्ध : प्रहरीमा सहमति, अदालतमा डिभोर्स



हाम्रो इकोनोमि

 

पति छविराज ओझाले कुटपिट गरेपछि सुरक्षा माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल सम्बन्ध बिच्छेदका लागि अदालत जाने भएकी छिन् । पति ओझाले कुटपिट गरेपछि सुरक्षा माग्दै प्रहरी परिसरमा पुगेकि शिल्पा र छविराजबीच सहमति भएको छ । कुटपिटको सहमति भएपनि उनीहरुको सम्बन्धमा सुधार आउने सम्भावना देखिएन ।

 

प्रहरी परिसरमै शिल्पाले सम्बन्ध बिच्छेदको माग गरेकी थिइन । ‘निवदेनमा सम्बन्ध बिच्छेदको कुरा थिएन, त्यही भएर छलफल पनि भएन’, महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले भने ‘शिल्पाले सम्बन्ध बिच्छेदको कुरा उठाउनुभएको थियो । यहाँ त्यो छलफल हुने कुरा होइन ।’

 

शिल्पालाई कहिलेपनि हिंसा नगर्ने लिखित कागज गरेपछि प्रहरीमा परेको उजुरी मिलेको छ । तर छवि र शिल्पाको मन भने मिल्न सकेको छैन । पति छविले घाइते हुनेगरी कानमा हानेपछि दुईबीचको सम्बन्धमा तनाव आएको हो । पतिको हिंसा सहन नसकेपति शिल्पा सुरक्षा माग्दै महानगरीय प्रहरी परिसरमा पुगेकी थिइन ।

 

शिल्पा र छविराजबीच बिहीबार लिखित सम्झौता भएको छ । तरपनि उनीहरु संगै बस्न सक्ने अबस्थामा छैनन् । सम्झौतापछि शिल्पाले सम्बन्ध बिच्छेदका लागि अदालत जाने बताएकी छिन् । शिल्पासँगपनि सम्बन्ध बिच्छेद भए छवि ओझाको यो तेस्रो सम्बन्ध बिच्छेद हुनेछ ।

 

छविकी पहिलो पत्नी हुन् हेमा । १९ बर्षको उम्मेरमा हेमासँग विवाह गरेका थिए । यो सम्बन्ध पनि लामो टिकेन । डिभोर्समा गएर टुगिंयो । त्यसपछि छविले गिताञ्जली सुनुवारसँग विवाह गरे । गिताञ्जलीले आत्महत्या गरिन ।

त्यसपछि छविको जीवनमा रेखाको प्रवेश भएको थियो । रेखा र छविको विवाह लामो समय टिकेको थियो । तरपनि अन्तः डिभोर्समा गएर टुंगियो । त्यसपछि शिल्पा आएकी थिइन । २०७३ सालमा यी दुईबीच गोप्यरुपमा विवाह भएको थियो । विवाह भएको तीन बर्ष नपुग्दै डिसोर्सको कोर्षमा अघि बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...