छवि र शिल्पाको सम्बन्ध : प्रहरीमा सहमति, अदालतमा डिभोर्स



हाम्रो इकोनोमि

 

पति छविराज ओझाले कुटपिट गरेपछि सुरक्षा माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल सम्बन्ध बिच्छेदका लागि अदालत जाने भएकी छिन् । पति ओझाले कुटपिट गरेपछि सुरक्षा माग्दै प्रहरी परिसरमा पुगेकि शिल्पा र छविराजबीच सहमति भएको छ । कुटपिटको सहमति भएपनि उनीहरुको सम्बन्धमा सुधार आउने सम्भावना देखिएन ।

 

प्रहरी परिसरमै शिल्पाले सम्बन्ध बिच्छेदको माग गरेकी थिइन । ‘निवदेनमा सम्बन्ध बिच्छेदको कुरा थिएन, त्यही भएर छलफल पनि भएन’, महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले भने ‘शिल्पाले सम्बन्ध बिच्छेदको कुरा उठाउनुभएको थियो । यहाँ त्यो छलफल हुने कुरा होइन ।’

 

शिल्पालाई कहिलेपनि हिंसा नगर्ने लिखित कागज गरेपछि प्रहरीमा परेको उजुरी मिलेको छ । तर छवि र शिल्पाको मन भने मिल्न सकेको छैन । पति छविले घाइते हुनेगरी कानमा हानेपछि दुईबीचको सम्बन्धमा तनाव आएको हो । पतिको हिंसा सहन नसकेपति शिल्पा सुरक्षा माग्दै महानगरीय प्रहरी परिसरमा पुगेकी थिइन ।

 

शिल्पा र छविराजबीच बिहीबार लिखित सम्झौता भएको छ । तरपनि उनीहरु संगै बस्न सक्ने अबस्थामा छैनन् । सम्झौतापछि शिल्पाले सम्बन्ध बिच्छेदका लागि अदालत जाने बताएकी छिन् । शिल्पासँगपनि सम्बन्ध बिच्छेद भए छवि ओझाको यो तेस्रो सम्बन्ध बिच्छेद हुनेछ ।

 

छविकी पहिलो पत्नी हुन् हेमा । १९ बर्षको उम्मेरमा हेमासँग विवाह गरेका थिए । यो सम्बन्ध पनि लामो टिकेन । डिभोर्समा गएर टुगिंयो । त्यसपछि छविले गिताञ्जली सुनुवारसँग विवाह गरे । गिताञ्जलीले आत्महत्या गरिन ।

त्यसपछि छविको जीवनमा रेखाको प्रवेश भएको थियो । रेखा र छविको विवाह लामो समय टिकेको थियो । तरपनि अन्तः डिभोर्समा गएर टुंगियो । त्यसपछि शिल्पा आएकी थिइन । २०७३ सालमा यी दुईबीच गोप्यरुपमा विवाह भएको थियो । विवाह भएको तीन बर्ष नपुग्दै डिसोर्सको कोर्षमा अघि बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...