प्रचण्डकै घेराबन्दीले प्रधानमन्त्री ओलीको पद संकटमा



 

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका सहयात्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाटै घेराबन्दीमा परेको विवरणहरू सार्वजनिक हुन थालेका छन् ।सो क्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी प्रचण्डनिवास खुमलटारमा भारतका विदेश मामला जानकार लिएर पुगेको पनि बताइएको छ ।

केही मिडियाले बालुवाटार स्रोतलाई उदृत गर्दै प्रधानमन्त्री ओलीलाई घेराबन्दी गर्न प्रचण्ड सक्रिय रहेको र सो क्रममा भारतीय कुटनीतिक मामिला जानकार तथा पूर्व विदेशमन्त्री श्यामशरणसँग गोप्य भेट भएको दाबी गरेका छन् ।

यो भेट प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउनका लागि भारतीय प्रशासनले गराएको पनि बताइएको छ । यसै कारण बारम्बार सरकार विविध विषयमा विवादमा तानिएको बताइन्छ ।

खासगरी पछिल्लो पटक भारतबाट आयातित विषादीयुक्त तरकारी परिक्षण फिर्ता लिने प्रकरणमा प्रचण्डको ठाडो निर्देशन मन्त्री मात्रीका यादवले कार्यान्वयनमा ल्याएपछि सरकार विवादमा फसेको थियो ।

जबकि, प्रधानमन्त्री ओलीले मन्त्री यादवको प्रस्तावका आधारमा नै क्याबिनेट बैठकबाट उक्त निर्णय कार्यान्वयनका लागि अनुमोदन गरिदिएका थिए ।

तरकारी प्रकरणमा भारतीय दूतावासले पत्र लेखेर नेपाल सरकारलाई नरोक्नका लागि आग्रह गरेको थियो । हतारमा मन्त्रिपरिषद्को बैठक राखी उक्त निर्णय फिर्ता लिन सरकार बाध्य भएको थियो ।

सो निर्णय फिर्ता लिँदा सरकार विवादमा आउने र त्यसको खास कारण के हो भनेर बुझ्नका लागि मंगलबार विहान प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेका थिए ।

स्रोतका अनुसार उक्त बैठकमा मन्त्री यादवसँग प्रधानमन्त्री ओलीले विवादमा आउने निर्णय किन गरेको भनी सोधेपछि यादवले आफू दबाबमा आएको जवाफ दिएर बीचैमा निस्किएका थिए । सो बैठकमा तरकारी प्रकरणका सम्बन्धित कृषि मन्त्री चक्रपाणि खनाल बलदेवलगायत भने उपस्थित थिएनन् । प्रधानमन्त्री ओलीले सो विषयमा पनि सोधेका थिए ।

 

पूर्वमाओवादीका मन्त्रीका कारण प्रधानमन्त्री संकटमा

मन्त्रिपरिषदको अध्यक्ष भए पनि प्रधानमन्त्री ओलीको प्रस्ताव भन्दा खुमलटारका आदेशलाई पूर्वमाओवादी मन्त्रीका तर्फबाट मानिदिने र त्यस्ता विवादीत प्रस्ताव ल्याउने गरेका कारण प्रधानमन्त्री ओली संकटमा परेका छन् ।

पूर्वमाओवादीको हिस्सामा परेका गृह, उद्योग तथा वाणिज्य, कृषि, शिक्षा, खानेपानीलगायतका मन्त्रालयले नै प्रधानमन्त्री ओली आलोचित हुने प्रस्ताव र निर्णय गराउँदै आइरहेको बताइन्छ ।

ओली सरकारको गृहमा रामबहादुर थापा, वाणिज्यमा यादव, कृषिमा बलदेव, शिक्षामा गिरिराजमणि पोखरेल र खानेपानी मन्त्रालयमा प्रचण्डकी बुहारी बिना मगर मन्त्री छन् । नेकपा विप्लव समूहलाई प्रतिबन्ध गृहको प्रस्ताव थियो भने निर्मला पन्त लगायतका विभिन्न हत्याका विषयमा पनि सो मन्त्रालयले खासै काम गर्न सकेको छैन ।

लगानी सम्मेलनमा बेइज्जत गरेका उद्योग वाणिज्य मन्त्री यादवले तरकारी प्रकरणमा पनि कृषि मन्त्री बलदेवसँग मिलेर सरकारलाई आलोचित हुने निर्णय गरे । जसबारे आफूलाई केही जानकारी नभएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टीकरण दिएका छन् ।

‘मैले पछि मात्र थाहा पाएँ, मलाई गुमराहमा राखियो’, प्रधानमन्त्रीले बुधबार बेलुका जनतासँग प्रधानमन्त्री कार्यक्रममा भनेका थिए,‘कर्मचारी वा कहाँबाट यस्तो गल्ती भयो ।’

त्यसो त यस प्रकरणको जवाफ सिधा पूर्वएमालेले सम्हालेको मन्त्रीले नै दिनुपर्ने बलदेवले बताइसकेका छन् । उनले परराष्ट्र मन्त्रालय नै यसको जानकार हुनुपर्ने र जवाफ दिनुपर्ने बताएपछि ओलीलाई नियोजित घेराबन्दीमा पार्न खोजिएको संकेत मिलेको बालुवाटार स्रोतले जनायो ।

यता मेलम्ची आयोजना प्रकरणमा मन्त्री मगरले समयमा नै काम सकिने भनेर प्रधानमन्त्री ओलीलाई गलत ब्रिफिङ गरेकी थिइन् । जुन काम पुरा गर्नुको साटो इटालियन ठेकेदारलाई नेपालबाट धपाउने काम गरियो र यो विवादमा सरकारको आलोचना बढ्यो ।

 

सरकारलाई अप्ठ्यारो पारेको संकेतहरू

यसै पनि आफ्नैबाट सरकारलाई घेराबन्दीमा पारेर अप्ठ्यारो अवस्थामा पुराएको संकेत प्रधानमन्त्री ओलीका सचिवालयमा रहेका कतिपयले गरेका थिए । जस्तो, प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भनेका थिए,‘विदेशीसँग लसपस गरेर सरकारलाई घेराबन्दीमा पार्ने कोशीश र खेल भइरहेका छन् ।’

उता, प्रधानमन्त्री ओलीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि पूर्वमाओवादीका तर्फबाट यस्तो खेल भएको संकेत गर्दै व्यंग्यात्मक रूपमा ‘छौंडाहरू’ भन्ने अभिव्यक्ति दिएका थिए । जसको कडा आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ