रंगशाला निर्माणमा फेरी यसरी फर्किए धुर्मुस सुन्तली



हाम्रो इकोनोमि

 

केही समयदेखि चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम स्थगित गरेको धुर्मुस सुन्तली फाउन्डेसन काममा फर्किएको छ ।

चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिले काममा फर्किन आह्वान गरेपछि फाउन्डेन काममा फर्किएको हो ।

फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरी मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम निरन्तरता दिने निर्णय गरेको बताए ।

‘परियोजना सुचारु गर्न चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समितिको बैठकले रंगशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं’ विज्ञप्तिमा भनिएको छ ।

स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ ।

जिल्ला स्तरीय सर्वपक्षीय समितिले रंगशाला निर्माणका लागि रकम जुटाउने, अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र काममा फर्कन आह्वान गरेकाले आफूहरु विश्वस्त भएको धुर्मुस सुन्तली फाउन्डेसनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...