बर्षको अन्तिममा विकास बजेट दैनिक ५ अर्ब खर्च, आधा काम आधा भ्रष्टाचार



हाम्रो इकोनोमि

 

बर्षको अन्तिमतिर मात्र विकास बजेट खर्चे गर्दा ब्यापक भ्रष्टाचार र अनिमितता हुनेमा राज्य सञ्चालकहरु नै पूर्णतया सहमत छन् ।

असार लागेपछि सडकमा कालोपत्रे गर्ने, विकास बजेट सिध्याउन विदेश भ्रमणदेखि घोडासम्म चड्ने चलन अब नेपाली संस्कार नै बनिसकेको छ ।

दुई तिहाईको कम्यूनिष्ट सरकारले बर्षको अन्तिममा विकास बजेट खर्च गर्ने परम्पराको अन्त्य गर्नेमा धेरेको विश्वास थियो ।

तर अन्य सरकारभन्दा यो सरकारमा बढी विकास बजेट असारमा खर्च भएको तथ्य देखिएको छ । यतिबेला दैनिक ५ अर्बभन्दा बढी विकास बजेट खर्च भइरहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

विगत एक सातायता दैनिक ५ अर्बभन्दा बढी विकास बजेट खर्च भइरहेको छ । बर्षको अन्तिम दुई दिन मंगलबार र बुधवार मात्र १३ अर्बभन्दा बढी विकास बजेट खर्च भएको छ ।

असार १५ पछि विकास बजेटको खर्चले तिव्रता पाएको थियो ।

असार लागेदेखि दैनिक एक अर्ब रकम खर्च हुँदै आएको थियो । तर १५ असारपछि दैनिक ३ देखि ५ अर्बसम्म खर्च भएको महालेखा परीक्षक कार्यालयका दामोदर पुडासैनीले बताए ।

यसरी खर्च भएको रकमको आधाभन्दा बढी भ्रष्टाचार हुनेमा राज्य सञ्चालकहरु नै सहमत छन् । तर त्यसलाई रोक्न भने उनीहरु पूर्णतया असफल भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...