पोखरामा श्रीमतीको हत्या गरी जंगलमा, २५ दिन पछि अस्थिपन्जर फेला



हाम्रो इकोनोमि

 

पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जंगलमा फालेका छन् ।

मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले श्रीमती २८ बर्षिया लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले अस्थिपन्जर फेला पारेको हो । सिद्धार्थ राजमार्ग करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा अस्तिपन्जर भेटिएको हो ।

कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको अस्थिपन्जर बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए ।

कास्कीका प्रहरी प्रमुख कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको थप अनुसन्धान भईरहेको बताए । शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको प्रहरीले जानकारी दिएको छ । श्रीमान्लाई हत्या आरोपमा पक्राउ गरि सकेको प्रहरीले जानकारी दिएको छ ।

२५ दिन सम्म किन शवको गन्ध थाहा भएन

हत्या भएको २५ दिन सम्म पनि शवको गन्ध किन आएन ? सबैको प्रश्न त्यहाँ पुग्नेको थियो । मानिसको शव एक दुई दिनमा नै गन्ध आउन थाल्छ । त्यस पछि वरपर थाहा भई हाल्छ ।

तर लक्ष्मीको शव भएको ठाउँ नजिकै एउटा गाई पनि मरेका कारण गाईको गन्ध नै आएको होला भन्दै स्थानी झुकिएको एक प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...