खाना खाँदा यति सामान्य कुरा ख्याल गर्न सक्ने हो भने आधा भन्दा धेरै स्वास्थ्य समस्या चैट



हाम्रो इकोनोमि

 

आजको व्यस्त समयमा मान्छेलाई बसेर खाना खाने समयसमेत छैन । कैयौं मान्छे उभिएर नै खाना खान्छन् भने कोहीकोही हिँड्दै पनि खाने गर्छन् ।

तर, यसरी खाना खाँदा मेरुदण्डमा असर पर्नुका साथै मानसिक समस्या पनि हुन सक्ने एक अध्यनले देखाएको छ ।

उभिएर खाना खाँदा त्यो पच्न धेरै समय लाग्ने बताइन्छ । मान्छेले त्यस अवस्थामा सामान्य अवस्थाभन्दा बढी धेरै खाना खाने गर्छन् ।

अधिक खाना र ढिलो पाचन प्रक्रियाका कारण पेटसम्बन्धी समस्या उत्पन्न हुन्छ । बसेर खाना खाने बेलामा हामी जुन तरिकाले बस्छौँ, त्यो योगको एउटा प्रकारसँग मिल्दोजुल्दो छ ।

खुट्टालाई मोडेर बस्नु, खाना खाने थाल थाल्नका लागि अगाडि झुक्नु अनि फेरि सीधा भएर खाना खानुले पेटमा रहेका मांसपेसीको डाइजेस्टिभ जुस निकाल्न सहयोग गर्छ जसले खाना सजिलैसँग खाना खाने गर्छ ।

दिनहुँ भुइँमा बसेर खाना खानाले शरीर अझै लचकदार हुन्छ । भुइँमा बसेर हामी जुन तरिकाले खाना खान्छौं त्यी ढाडका लागि पनि राम्रो हुन्छ जसले गर्दा ढाडसँग सम्बन्धित पीडा पनि कम हुन्छ । बसेर खानाले पेट पनि छिटो भरिन्छ ।

त्यही बेला उभिएर खाना खाँदा मान्छेले बढी नै खाना खान्छ । त्यसैले बसेर खाना खानु शरीरलाई तन्दुरुस्ती राख्नका लागि पनि अति उत्तम हुन्छ ।

उभिएर खाना खाँदा हामी धेरै झुक्छौँ । सधैँ यस्तो गर्नुले यसको असर मेरुदण्ड पर्न सक्छ ।

भुइँमा बसेर खाना खानाले शरीरको रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । पलेँटी कसेर बस्नाले नसा खुम्चिने समस्या पनि हट्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...