नेपालमा हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा चर्किने संकेत



 

भारतीय जनता पार्टीले प्रायोजित रूपमा नै नेपालमा हिन्दूत्व र राजसंस्थाको बहस उचालेको रिपोर्ट प्रधानमन्त्री ओलीको टेबलमा राष्ट्रिय अनुसन्धान विभागले पु¥याएको छ ।

यो गोप्य सूचना र भइरहेको चलखेलका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद र मन्त्रिमण्डलका सदस्यलाई जानकारी गराएका छन् ।

खासगरी भारतीय संस्थापनले यस्तो प्रकारको चलखेल गरिरहेको सूचना आएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको धर्मनिरपेक्षताविरुद्ध हिन्दु राज्य बनाउनुपर्छ भनी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिएको बयानबारे पनि बुझ्न चाहेका थिए ।

भर्खरै स्थायी सरकार पाएको र मुलुक विकासको गतिमा लैजानुपर्ने अवस्थामा नेपालमा व्यवस्था परिवर्तनका निम्ति नै भएको बहसले असहज अवस्था आउन सक्ने भन्दै यसको निदानका लागि खट्न प्रधानमन्त्रीले ध्यानाकर्षण गराए ।

अनुसन्धान विभाग आफू माथाहतमा राखेका प्रधानमन्त्री ओलीले राजनीतिक अन्तरविरोध बढाएर विभिन्न प्रकारका प्रयोग हुन लागेको जानकारी गराएका थिए ।

ओलीलाई भारत र पश्चिमा मुलुकको भिन्न प्रकारका दबाब छन् । पश्चिमा मुलुकले भने नेपालमा क्रिश्चियन धर्म लिनेको सुरक्षाका नाममा प्रयोग गरिरहेका छन् ।

सूचना सीआइएमार्फत अमेरिकी सरकारले पनि हात पारेको थियो । जसको प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई केन्द्रविन्दुमा राखियो । यसका संकेत प्रधानमन्त्री ओलीका सल्लाहकारहरूबाट पनि नआएको होइन ओलीका परराष्ट्र विज्ञ राजन भट्टराईले व्यवस्था परिवर्तनका लागि अस्थिर राजनीति बनाउने चलखेल भइरहेको संकेत गरेका छन् ।

उनको संकेत धार्मिक संगठन र विप्लव समूहलाई प्रायोजित रूपमा परिचालन गरेको तर्फ पनि थियो ।  बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविधान उल्टाउने नभए वर्तमान सरकारकाविरुद्ध प्रयोग गर्ने काम भइरहेको उनले खुलाए ।

‘यसका लागी कुन कुन ब्यक्ति र शक्तिहरूलाई एकठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता स्रीजना गर्न सकिन्छ त्यो गर्ने खेल भइरहेको छ’, भट्टराईले भनेका छन्,‘यसका लागि भित्र र बाहिरका केही शक्तिहरू सक्रिय हुंदै गरेको अवस्था ।

अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुश्प्रयास । समय मै सचेत भै जनमतको कदर गर्दै जन अपेक्षा पूरा गर्न तर्फ सबै केन्द्रित होऔं ।’ त्यसो त यस्ता खेल हुनुमा नेपालको परराष्ट्र नीति एकद्वारको नहुनु रहेको कारण पनि प्रधानमन्त्री ओलीले खुट्याएका छन् । त्यसैले उनले हरेक राजनीतिक दलको विदेश नीति समान हुनुपर्ने र सबैले विदेश नीतिको एकरुपतामा उभिनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।

‘नेपालको गुप्तचर संस्थाले अहिले भइरहेका विदेशी खेलका विषयमा सूचना दिएका छन् । नेपालका अनेक क्षेत्रको प्रयोगका आधारमा धारणा बनाउने काम पनि भइरहेको छ’, स्रोतले भन्यो,‘यहि धारणाका आधारमा सरकार र सत्तारुढ पार्टीलाई कमजोर बनाएर व्यवस्थामा नै परिवर्तन गर्ने तयारी भएको छ ।’

संविधानसभा र गणतन्त्रको वकालत गरेका कतिपय नेताले पनि यो संकेत दिएका छन् । शान्ति प्रक्रियासम्मको यात्रामा रहेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारमार्फत नै संघीयता खारेज गराउने खेल भएको बताए ।

उनको संकेत थियो, संघीयता खारेजी हुनासाथ व्यवस्थामा पनि अन्यले प्रहारका लागि गरेको तयारी । नेपाली कांग्रेसमै पनि ठूलो समूह संघीयताको विपक्ष र हिन्दू राज्यको पक्षमा वकालत गरिरहेको छ । कतिसम्म भने राजधानीमा भएको महासमिति वैठकमा यो एजेन्डाका लागि प्रस्ताव पनि भएको थियो । सिटौला र उपसभापति विमलेन्द्र निधिको दबाबमा त्यहाँ छिर्न पाएन ।

भारत के चहान्छ ?

भारतीय जनता पार्टी, त्यसमा पनि भारतीय संस्थापनको माउ विचार मानिने राष्ट्रिय स्वयम् सेवक दल नेपाल हिन्दू राज्य बनोस् भन्ने दबाबपूर्ण काममा लागेको छ । यसका लागि भारतीय अधिकारीलाई नेपालको धार्मिक अवस्थाका बारेमा अध्ययन गर्नका लागि गोप्य ढंगले परिचालन गरिएको छ । अर्कोतिर, नेपालका मूलधारका मिडियादेखि अनेक क्षेत्रमा नेपाल हिन्दू राज्य बन्नुपर्छ भन्ने प्रचारबाजीका लागि भारतले प्रायोजन समेत गरेको छ । नेपालका पत्रकारदेखि अनेक क्षेत्रका विज्ञलाई भारतमा निम्तो गरी आफ्ना धारणा सार्वजनिक गराउनुको रहस्य पनि यहि हो ।

भारत निक्कै अघि धर्म निरपेक्ष भएको र बहुमत धार्मिक संयन्त्र हिन्दूवादी भए पनि ठूलो संख्यामा अन्य धर्म रहेका कारण उसले आफूलाई त्यसरी उभ्याउन सकेको छैन । हिन्दूवादी शक्ति भारतीय केन्द्रमा रहेका कारण नेपाललाई हिन्दू राज्य घोषणा गराउन सके, त्यसैको बलमा भारतमा पनि प्रयोग गर्न सकिने भएकाले उसले नेपाल पहिला हिन्दू सापेक्ष मुलुक बनोस् भन्ने चाहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
भीम उपाध्यायले आफ्नो चरित्रहत्या गर्न खोजेको लेखराज भट्टको आरोप

    नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले पूर्वसचिव भीम उपाध्यायले नशा

एमालेमा १० बुँदे, पूर्वमाओवादी जस्ता समूह छैनन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरु

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात

    सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ

लेखराज भट्टले एमाले छोडेको हल्ला

  नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा