छवि ओझा विरूद्ध शिल्पा पोखरेलले दिइन् घरेलु हिंसाको उजुरी



हाम्रो इकोनोमि

 

निर्माता छविराज ओझा विरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्।

शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्।

उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग करिब २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेका थिए।

विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै गरेको भनेर सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले बिबाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ।

यस विषयमा बुझ्न खोज्दा दुबैको फोन उठेन। उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ।

तर श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्।

छविले शिल्पालाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए। त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’मा अभिनय गरेकी थिइन। सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन्।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...