सेक्स फेस्टिबल चलिरहँदा एक महिलालाई हृदयघात भएपछि…



हाम्रो इकोनोमि

 

युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल अहिले इंगल्याण्डमा चलिरहेको छ । उक्त फेस्टिबलमा एक महिलालाई कार्यक्रम स्थलमा नै हृदयघात भयो ।

 

स्थानीय पत्रिका ‘द सन’ को रिपोर्ट अनुसार इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स फेस्टिबलमा ५२ वर्षीया महिला सामूहिक क्रियाकलापको क्रममा अचानक लडिन् । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पतालसम्म पुर्याएर उनको उपचार चलिरहेको छ । यद्यपि, अस्पतालमा अब उनको स्थिती सुधारोन्मुख बताइएको छ । महिलालाई चाँडै नै डिस्चार्ज गरिने बताइएको छ ।

यो कार्यक्रममा सेक्सप्रति उत्साही व्यक्तिका लागि विभिन्न प्रकारको गतिविधीको आयोजना गर्ने गरिन्छ जसमा पार्टनर बदल्नेदेखि अरुको अन्तरंग पल हेर्नेलगायतका काम गरिन्छ ।

 

रोचक कुरा के छ भने सेक्स फेस्टिबलमा भाग लिँन पाउँदा मानिसहरु सौभाग्य प्राप्त हुन्छ र मनले चिताएको पुग्छ भन्ने मान्यता राख्ने गर्दछन् ।इंगल्याण्डमा पूरा युरोपको यो ‘सबैभन्दा ठूलो सेक्स फेस्टिबल’ हो जुन जुलाईको पहिलो विकेन्डमा आयोजना गरिन्छ । यो कार्यक्रममा भिन्न यौन चाहना भएका करिब सात सयको सहभागिता रह्यो । यो फेस्टिबलमा भाग लिनका लागि जोडीले दुई सय डलर तिरेका छन् ।

 

सेक्स फेस्टिबलको आयोजना वोर्केस्टरशायरको एउटा गाउँमा गरिएको छ जहाँ खुल्ला मैदानमा टेन्ट लगाएर मानिसहरु बस्ने व्यवस्था गरिएको छ । यो कार्यक्रममा भाग लिने सबै व्यक्तिलाई मिडियासँगको कुराकानीमा प्रतिबन्ध लगाइएको छ । यद्यपि, स्थानीयले यो फेस्टिबलको विषयमा प्रश्न पनि उठाएका छन् । विरोध हुनसक्ने भन्दै आयोजकले कडा सुरक्षाको व्यवस्था मिलाएका छन् ।

 

यो फेस्टिबलको विशेषता यो हो कि यसमा एलजीबीटीआईक्यू समुदायसहित सबै सेक्सुअल चोइस भएका व्यक्तिले भाग लिएका छन् । स्विंगफिल्ड नामबाट चर्चित यो फेस्टिबलका आयोजकले यसलाई इंगल्याण्डको एक्लो स्विंगर्स फेस्टिबल पनि बताउँछन् ।

 

महत्सवको रातको समयमा रुखको फेँदमा चकटी ओछ्याएर मानिसहरु बस्दछन् । त्यसै क्रममा महिला पुरुषहरुको एक अर्कामा चिनाजानी हुन्छ र मन मिलेपछि नजिकैका छाप्रोहरुमा छिरेर सम्भोग गर्दछन् ।

 

यो सेक्स फेस्टिबललाई पूर्ण रुपमा गोप्य राखिएको थियो । कसैलाई पनि यसबारे पूर्व जानकारी नहोस् भन्नका लागि टिकट खरिद गर्ने व्यक्तिहरुलाई पनि कार्यक्रम सुरु हुनु ४८ घण्टा अघिमात्रै कार्यक्रमस्थलबारे जानकारी दिइएको थियो । स्विंगफिल्डको वेबसाइटका अनुसार यो पर्व हरेक वर्ष आयोजना गरिन्छ तर यसमा आयोजकको तर्फबाट कुनै पनि प्रकारको सेक्सुअल सर्भिस दिइने छैन । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...