सावधान!! भायोनेट इन्टरनेटले ग्राहकलाई यसरी लुट्दैछ हेनुृहोस्



 

 

विज्ञापनमा यति चलाखी छ की लाग्छ नेपालमा तिब्र गतिको इन्टरनेट भायोनेट नै हो । यही लोभमा फसेर नेपाली इन्टरनेट प्रयोगकर्ता भायोनेटबाट लुटिइरहेका छन् । बदमासीपनि यति हद छ की देखाउँन यति धेरै स्पिड यति सस्तैमा भनिन्छ । तर तपाईले इन्टरनेटमा सोचेजस्तो काम गर्न पाउँनुहुन्न । किनकी तपाईले आधाको आधापनि इन्टरनेट पाउन सक्नुहुन्न ।

इन्टरनेट सेवा प्रदायक भायोनेटले विभिन्न शीर्षकमा उपभोक्तासँग अतिरिक्त शुल्क असुली गरिरहेको गुनासो समेत सञ्चार मन्त्रालयमा पुगेको छ । ५१२ एमबीपीएसको सेवा एउटा उपभोक्तालाई कम्पनीले कुनै हालतमा सम्झौता र तिरिएको शुल्क बमोजिम स्पीडमा सेवा दिँदैन । ५१२ एमबीपीएस ब्याण्डविथ तीन जनासम्म ग्राहकलाई बाँड्दा गुणस्तरीय सेवा उपभोक्ताले पाउन सकेका छैनन् । भायोनेटको सिस्टम यही छ ।

 

यस्तो तथ्य बाहिर आएपछि भायोनेटले उपभोक्ताबाट सरकारी करबाहेक अन्य शुल्क लिन नपाउने गरी बलियो संयन्त्र मार्फत नियमन र अनुगमन थाल्ने तयारी समेत सरकारले गरेको छ ।तोकिएको स्पिड नदिनु कालोबजारी भएकाले ‘भायोनेटले उपभोक्तामाथि कालोबजारी गरिरहेको उजुरी परेका छन् ।

८ डलरमा किनेको इन्टरनेट ४० डलरमा उपभोक्तालाई बेचेर १३ प्रतिशत कर पनि थप्नु भनेको कालोबजारी हो । बलियो सरकार बनेको छ । मन्त्रीले दह्रो खुट्टा टेक्ने हो भने नियमन गरेर इन्टरनेट शुल्क आधाभन्दा तल झार्न सकिन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले बताए । अब त्यो कार्यमा सरकार लागेको छ ।

नेपालको आईसीटी र ब्रोडब्याण्ड नीतिको लक्ष्य भेट्टाउन पनि इन्टरनेटको मूल्य अन्तर्रा्ष्ट्रिय बजारअनुसार समायोजन गर्ने योजना सरकारले बनाएको छ । इन्टरनेट सेवाप्रदायक सस्था भायोनेटले हरेक ग्राहकबाट अवैध रुपमा रकम असुल्दै आएको आएको छ । प्रयोगकर्ताहरुमा आर्थिक भार पार्ने गरी अवैध रुपमा मासिक करोडौं कमाई रहेको छ ।

दूरसञ्चार नियमावलीमा ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा निशुल्क मर्मत सम्भार गर्नुपर्ने प्रस्ट व्यवस्था गरिएको छ तर इन्टरनेट सेवा प्रदायक भायोनेटले भने हरेक ग्राहकसँग मर्मत सम्भार र अनुगमनजस्ता शीर्षक राखेर रकम असुलिरहेका उसैले दिने गरेको बीलमा देखिन्छ । ‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तरअनुरूप निशुल्क मर्मत सम्भार गर्नुपर्ने प्रस्ट व्यवस्था गरिएको छ,’ दूरसञ्चार नियमावलीको बुँदा नम्बर १५ को ‘ज’ मा भनिएको छ ।

दूरसञ्चार सेवाको अनुमति पाएका भायोनेट जस्ता इन्टरनेट सेवा प्रदायकहरूले नियमावलीविपरीत शुल्क ग्राहकसँग उठाउँदै आएका छन । अन्य इन्टरनेट प्रदायकले पनि यस्तो रकम असूल्दै आएका छन् । भायोनेट यस्तो असुलीमा उच्च छ । ग्राहकसँग नियमविपरीत विभिन्न शीर्षकका रकम असुलेको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणले गत चैत १५ मा सबै इन्टरनेट सेवा प्रदायकहरूलाई शुल्क नलिन सचेत गराउँदै पत्र काटेको थियो ।

प्राधिकरणले पठाएको पत्रमा अनुगमन, प्राविधिक, मर्मत सम्भार, सहायता कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने उल्लेख गरिएको भए पनि सेवा प्रदायकहरूले अटेर गरेपछि असार ४ गते पुनः पत्र काटिएको प्राधिकरणले जनाएको छ । अवस्था फेरीपनि उस्तै छ । यसैले अब प्राधिकरणले एक्सन लिने देखिन्छ ।

विभिन्न शीर्षकमा रकम असुल्ने सेवा प्रदायकको अनुगमन थालिएको प्राधिकरणले जनाएको छ । अनुगमनका क्रममा विभिन्न शीर्षक राखी रकम लिएको भेटिएको भन्दै प्राधिकरणले भायोनेटलाई पत्र समेत काटेको थियो ।

प्रतिक्रिया दिनुहोस
भीम उपाध्यायले आफ्नो चरित्रहत्या गर्न खोजेको लेखराज भट्टको आरोप

    नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले पूर्वसचिव भीम उपाध्यायले नशा

एमालेमा १० बुँदे, पूर्वमाओवादी जस्ता समूह छैनन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरु

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात

    सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ

लेखराज भट्टले एमाले छोडेको हल्ला

  नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा