श्रीमानसँग छुटकारा पाउन महिलाले गरिन यस्तो हर्कत , वास्तविकता खुल्दा प्रहरी नै दंग



 

 

धनाढ्य घरकी एक महिलाले आफ्ना श्रीमानबाट छुटकारा पाउनको लागि यस्तो काण्ड गरिन् कि वास्तविकता खुल्दा अनुसन्धान गरिरहेका प्रहरी नै दंग परेका छन् ।

भारतीय मिडिया आज तकको समाचार अनुसार राजधानी दिल्लीकी यी महिलाले आफ्नै आ*त्मह*त्याको झुटो कहानी रचेकी थिइन् जसको खुलासा मंगलबार भयो ।

यी महिलाले उत्तर प्रदेशको गाजियाबादको हिडन ब्यारेज नजिकै लगेर आफ्नो कार राखिन्, कारमा सु*साइड नोट राखेर फरार भइन् । पछि उनी बैंगलोरमा भेटिइन् ।

आ*त्मह*त्याको झुटो कहानी रच्ने कोमल तालान नामकी यी महिलाले गाजियाबादको नहरको पुलमा आफ्नो गाडी राखिन् ।

त्यसपछि उनले नहरमा हाम्फालेर आ*त्मह*त्या गरेको खबर फैलियो । ३ दिनदेखि गोताखोरले नहरमा लाश खोजिरहेका थिए तर ला*श भेटिएको थिएन । कोमलले कारमा सु*साइट नोट पनि छाडेकी थिइन् जसमा उनले आफूले आ*त्मह*त्या गर्न लागेको लेखेकी थिइन् ।

कोमलले यो सब गर्नुको पछाडि उनी श्रीमानदेखि हैरान भएको पाइएको छ । उले आ*त्मह*त्याको झुटो कहानी रचेर श्रीमानलाई कानुनी रुपमा फसाउन चाहेकी थिइन् ।

शनिबार बिहान ११ बजे पुलिसले पुलबाट लावारिस स्कार्पियो कार बरामद गरेको थियो । स्कार्पियोमा सु*साइड नोट थियो जसमा कोमल तालानको नाम उल्लेख थियो । उनका पिता अनिल तालान भारतीय किसान युनियनका केन्द्रीय सचिव हुन् ।

उनीहरुको परिवार ग्रेटर नोएडामा बस्छन् । अनिल तालानले पनि छोरीलाई परिवारमा तनाव दिइएको आरोप लगाएका थिए । तर, कोमल भागेर बैंगलोर पुगेको अवस्थामा भेटिएपछि उनलाई दिल्ली ल्याएर कारवाही अगाडि बढाइएको छ ।

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ

पुरुष र महिलामा को उत्कृष्ट ?

समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।

तपाईं महिला नै हुनुपर्ने कारण के हो ?

म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।

संसारमा लि· भेद किन भएको होला ?

संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ? पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।

पुरुषविना महिलाले मात्र संसार चल्छ ?

पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

तपाईंले पुरुष र महिला दुवैको जीवन जिउँदा अनुभव गरेको फरकपन ?

मलाई भित्रैदेखि महिला हुँ भन्ने अनुभूति हुन्थ्यो तर समाजका लागि जबरजस्ती आफूलाई पुरुषका रूपमा ढाल्न खोज्थें त्यो जटिलता म मात्र अनुभूति गर्न सक्छु । जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ । पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिंसा एवं विभेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ । पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।

पुरुष र महिलाका सम्बन्धमा छुट्टाछुट्टै व्याख्या गर्नु परे तपाईंको परिभाषा के हुनेछ ?

महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् । नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् । पुरुषलाई म हैकमवादी सोच भएको प्राणी भन्न चाहन्छु जसको सोच कहिल्यै पूर्णरूपमा परिवर्तन हुँदैन थोरै भैहाले पनि केही न केही अंश जीवितै रहन्छ ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।