सपिङ मलमा भाडामा पाइन्छन् गर्लफ्रेण्ड



 

सपिङ मलमा भाडामा युवती त्यो पनि २२ रुपियाँमा २० मिनेट । यो अचम्म लाग्दो अफरले अहिले मलमा युवा ग्राहकको संख्या बढेको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

 

११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरूसँग मज्जाले समय बिताउन सकिने जनाइएको छ । तर छुन पाइँदैन । उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरूको निकै भिड लाग्न थालेको बिभिन्न अन्र्तराष्ट्रिय मिडियाहरूले खबर लेखेका छन् ।

 

दक्षिणी चीनको हुआन सहरमा रहेको वाइटैलिटी सिटी सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । त्यहाँ १५ सुन्दर युवतीहरू भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरू लाइनमा उभिएका हुन्छन् । उनीहरू मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीसँग रासलिलाको सोचचाहिँ नराखेको राम्रो । त्यसमा निषेध गरिएको छ । एजेन्सी

 

मुस्लिम महिला सांसदले सिन्दूर र मंगलसुत्र लगाएपछि…

 

भारतमा त्रिणमुल पार्टीको तर्फबाट सांसद बनेकी मुस्लिम समुदायकी युवती नुसरत जहाँबारे टिका टिप्पणी हुने क्रम रोकिएको छैन ।उनले लगाएको सिन्दूर र मंगलसुत्रबारे पनि धेरै आलोचना र समर्थन पनि भयो । ती टिप्पणीको हालै उनले जवाफ दिएकी छन् । संसद बैठकमै मंगलसुत्र र सिन्दूरमा संसद बैठक पुगेकी थिइन् नुसरत । त्यस क्रममा उनको टिप्पणी भएको हो ।

 

उनले आफ्नो विश्वास र आस्थामाथि प्रश्न नउठाउन भन्दै आलोचकहरुलाई कडा जवाफ दिएकी छन् । व्यवसायी निखिल जैनसँग विवाह गरेकी उनले कस्तो पहिरन लगाउने भन्ने आफ्नो व्यक्तिगत इच्छा भएको भन्दै आलोचनाको जवाफ दिएकी हुन् ।

 

जब कि, नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि मुस्लिम समुदायबाटै उनले आफ्नो धर्मको अपमान गरेको टिप्पणी गरेका थिए । शनिबार भने नुसरतले ट्वीट गर्दै आलोचनाको जवाफ एकैचोटी दिएकी हुन् । उनले लेखेकी छन्, ‘म स्वतन्त्र भारतको प्रतिनिधि हुँ । जुन धर्म, जाति र पन्थबाट पर छ । कट्टरपन्थीहरुको वयानमा ध्यान दिनु भनेको घृणा र हिंसा जन्माउनु हो ।’

नुसरतले भनेकी छन्, ‘म मुस्लिम हुँ र रहनेछु । म के पहिरन लगाउँछु यसमा कसैलाई केही बोल्ने हक छैन ।आस्थाको मतलब विश्वास हो ।’ खासगरी मुस्लिम धर्मगुरुहरुले उनको खरो टिप्पणी गरेका थिए ।

 

नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि उनले मुस्लिम धर्मको अनादर गरेको उनीहरुको टिप्पणी थियो । २९ वर्षीया सांसद नुसरत जहाँले २५ जुनमा संसदमा सपथ ग्रहण गरेकी थिइन् ।

 

छैटाैँ पत्नी चार अर्ब पैसा बाेकेर टाप ठाेकेपछि जिल खाए

राजकुमार

 

दुबईका अरबपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेका छन् ।

उनले करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँसहित दुई बच्चा जलिला (११) र जायेद (७) लिएर भागेकाे समाचार जनाएकाे छ ।

समाचारका अनुसार राजकुमारी हया लण्डनमा लुक्दै आएकी छन् । उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । समाचारमा जनाएअनुसार हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन (तलाक) मागेकी थिइन् ।

अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ ।

यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले बताएको छ ।

यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनी अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरिदिएका छन् । एजेन्सी

 

सुनिल राईले आफ्नै लिङ्ग काटेर दुई टुक्रा बनाए

 

मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेर दुई टुक्रा बनाएका छन् । परिवारका अनुसार कहिले काहीँ असामान्य व्यवहार देखाउँदै आएका राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै लिङ्ग काटेका हुन् ।

 

लिङ्ग काटेपछि अस्पताल पुर्याइएका राईलाई हाल वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमको नर्मल वार्डमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए ।

 

उनका अनुसार घटनापछि राईलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए । नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

 

परिवारका अनुसार चार वर्ष अघि विहे गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गरेका थिए । राईले नियमित मदिरा सेवन गर्ने गरेका थिए ।

 

नियमित मदिरा सेवनकै कारण राई केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको उनका बुवा बुमा राईले बताएको प्रहरीले जनाएको छ । राईको ३ वर्षका छोरा छन् । प्रहरीका अनुसार उनको पारिवारिक सम्बन्ध भने राम्रो रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।