अब अनावश्यक इमेलहरु आफैं डिलिट हुने, यसरी गर्नुहोस् जिमेलको सेटिङ्ग



हाम्रो इकोनोमि

 

 

जिमेल अहिले सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सेवा हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयन् फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ ।

 

धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटिङको अहिलेको युगमा प्रयोगकर्ताको व्यक्तिगत इमेल अकाउन्टमा दिनहुँ अनेक खालका विज्ञापनजन्य इमेलहरु आउने गर्दछन्, जोसँग प्रयोगकर्ताको कुनै मतलब नै हुँदैन । यस्ता इमेलबाट दिक्क लाग्छ हामीलाई ।

 

त्यस्ता  इमेलहरुलाई समयमै डिलिट गरिएन भने इनबक्स नै भरिन्छ । यदि यस्ता अनावश्यक इमेलहरुबाट आफ्नो जिमेलको इनबक्स भरिने समस्याबाट पीडित हुनुहुन्छ र एक-एक गरी त्यस्ता इमेलहरु डिलिट गर्न पनि झण्झट लाग्दछ भने भने पनि चिन्ता नमान्नुस् । किनकी एउटा यस्तो काइदा छ, जसको सहयोगमा तपाईंले आफ्नो जिमेलको इनबक्सका अनावश्यक इमेलहरु आफसेआफ डिलिट हुनेगरी तय गर्न सक्नुहुन्छ ।

 

अटोम्याटिक रुपमा जिमेलबाट इमेल डिलिट गर्नका लागि तपसिलका उपाय अपनाउनुस्ः

 

· सबैभन्दा पहिले तपाईंले emailstidio.pro बाट आफ्नो जिमेल अकाउन्टमा Email Studio इन्स्टल गर्नुहोस् ।

· जिमेल अकाउन्टमा गएर इनबक्समा एउटा कुनै इमेल ओपन गर्नुहोस्

· त्यहाँ दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गर्ने

· आफ्नो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्ने

· लगइन पछि सूचीमा दिइएको इमेल क्लिनअप अप्सनमा क्लिक गर्ने

· जिमेलबाट तपाईं जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि Add New rule मा क्लिक गर्न सक्नुहुन्छ

· त्यहाँ New Rule का रुपमा तपाईंले कुनै खास इमेल आइडीलाई मार्क गर्न सक्नुहुन्छ

· यो प्रक्रियाबाट तपाईंले जिमेलमा यस्तो सेटिङ्ग मिलाउन सक्नुहुन्छ जसका कारण कुनै खास इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेल पूर्णरुपमा डिलिट हुन्छन् ।

 

इमेल स्टुडियोले यसका अलावा अरु पनि केही काम गर्दछ । जसमा मेल मर्ज, इमेल शेड्यूलर, अटो रेस्पोन्डर तथा इमेल फरवार्डर लगायतका सामेल छन् । यदि तपाईं यी सबै सेवाको प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले प्रिमियम भर्सन इन्स्टल गर्नुपर्दछ । जसका लागि वार्षिक रुपमा केही रकम तिर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...