भाडामा यात्रु बोक्ने मोटरसाइकललाई कालो नम्बर प्लेट



हाम्रो इकोनोमि

 

यातायात व्यवस्था विभागले भाडामा यात्रु बोक्ने मोटरसाइकललाई पनि कालो नम्बर प्लेटको व्यवस्था गर्न प्रस्ताव गरेको छ । त्यसो नगर्ने हो भने टुटल र पठाओजस्ता सेवा नै बन्द गर्ने विभागको तयारी छ ।

विभागले अघिल्लो साता विकास समितिमा यातायात क्षेत्र सुधारको योजना यस्तो उल्लेख गरेको हो । टुटल तथा पठाओ जस्ता सेवाले मोटरसाइकलबाट यात्रु ओसार पसार गरेको देखिएकाले यो कानुन विपरित रहेको विभागको भनाई छ ।

विभागले गरेको प्रस्ताव अनुसार यस्ता सेवा दिनेलाई कानुन बमोजिम नै बनाउन कालो नम्बर प्लेट दिने, करको दायरमा ल्याउनले, बीमाको व्यवस्था गर्ने, भाडा निर्धारण गर्नेलगायत काम आवश्यक रहेको छ ।

यसरी कानुन अनुसार सञ्चालनको व्यवस्था गर्ने नसक्ने हो भने यस्तो सेवा नै बन्द गर्नुपर्ने विभागको भनाई छ । टुटल र पठाओले लामो समयदेखि मोटरसाइकलमा भाडाका यात्रु बोक्ने प्लेटफर्म सञ्चालन गर्दै आएका छन् ।

विद्यमान कानुन अनुसार रातो नम्बर प्लेटका सवारीले भाडामा यात्रु बोक्न पाउँदैन । साथै यसरी यात्रु बोक्दा दुर्घटना भए के गर्ने, यात्रु बीमा के हुने, भाडा कति लिनेलगायत विषयमा प्रश्न उठेपछि विभागले यस्तो प्रस्ताव गरेको हो ।

विभागले केही समयअघि टुटल र पठाओको सेवा बन्द गर्ने भने पनि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ठाडो निर्देशनमा सञ्चालन गर्न दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...