डाँका,चोरी र लागुऔषध कारोबारी तीन थुनुवा फरार भएपछि चार प्रहरी निलम्बित



हाम्रो इकोनोमि

 

 

डाँका र चोरीका दुई तथा लागुऔषध कारोबारीको अभियोगमा म्याद थपी अनुसन्धानका क्रममा रहेका तीन जना सोमबार राती ललितपुरको भैंसेपाटीस्थित प्रहरीको थुनुवा कक्षबाट फरार भएका छन् ।

थुनुवा कक्षको भेन्टिलेशनको जाली काटेर उनीहरू फरार भएका हुन् । केही प्रहरीको पनि मिलोमतो भएको अनुमान गरिएको छ ।

डाँका तथा चोरी मुद्दाका अभियुक्तहरू शमशेर माझी र रुद्रलाल श्रेष्ठ र लागुऔषधका अभियुक्त रवीकुमार तिमल्सिना फरार भएको बताइएको छ ।

उनीहरूलाई राखिएको कक्षमा केही दिन अघि १५–२० हजारका रिचार्जकार्ड फेला पारेको र ति सबै सुरक्षामा खटिएका प्रहरीले बाँडेको रहस्य पनि खुलेको छ ।

सुरक्षामा खटिएकाहरूकै कमजोरी र मिलोमतोमा समेत थुनुवा फरार भएको हुनसक्ने अनुमान गरिएको छ । तीनै जनालाई प्रहरीले अदालतमा म्याद थपी अनुसन्धान गरिरहेको थियो ।

थुनुवा फरार भएको विषयलाई पुष्टि गर्दै ललितपुर प्रहरी प्रमूख रवीन्द्र धानुकले सुरक्षामा खटिएका चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको बताए ।

छानबिनका लागि एसपी दुर्गा सिंहको संयोजकत्वमा समिति गठन गरेको बताउँदै उनले त्यसको प्रतिवेदनका आधारमा कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...