विप्लवकाे नेकपाका कार्यकर्ताले वडा कार्यालयमा आगाे लगाए



हाम्रो इकोनोमि

 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले बर्दियाको गेरुवा गाउँपालिका-६ को कार्यालयमा आगजनी गरेको छ ।

सोमबार मध्यरातमा नेकपा समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पूरै नष्ट भएको छ । उनीहरुले कार्यालयका अन्य दुई कोठामा पनि आगजानी गरेको प्रहरीले जनाएको छ ।

आगो निभाउन जाने क्रममा इलाका प्रहरी कार्यालय पाताभार प्रहरी निरिक्षक खेमबहादुर मल्ल गम्भीर घाइते भएका छन् ।

आगो निभाउने क्रममा छत ढलेर लाग्दा उनी गम्भीर घाइते भएका हुन् । उनलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरी नयाब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।

डीएसपी महराका अनुसार घटनास्थलमा चन्द निकट भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ । घटनास्थलमानेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको डीएसपी महराले जानकारी दिए ।घटनास्थल सदरमुकाम गुलरियाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...