बसभित्रै सिरिन्ज आक्रमण, युवती अचानक चिच्याउन थालेपछि तनाव



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकाबाट तिव्र रुपमा फैलदै गएको सिरिन्ज आक्रमण भयावह भएको छ । काभ्रेको बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि तनाव भएको छ ।

 

आज दिउँसो स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई सिरिन्ज आक्रमणको आंशकामा नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनुभयो । संगीता (नाम परिवर्तन) बनेपास्थित चार दोबाटोबाट काठमाडौं जान बस चढिन् ।

 

बस चढेलगत्तै केही तिखो वस्तुले घोचेको उनले महसुस गरिन् । बसेर यात्रा गरेकी ती युवतीले उभिएर यात्रा गरेका नजिकैका पाठकले आफूलाई सिरिन्जले घोचेको भन्दै चिच्याएपछि बसमा चढेका अन्य यात्रु पनि तनावमा आउन पुगे । ती युवती चिच्याउदै पाठकलाई आरोप लगाएपछि बसमा सवार अन्य यात्रुले नियन्त्रणमा लिएर पाठकलाई कुटपिट समेत गरेका थिए ।

 

युवतीलाई तिखो वस्तु घोचेको भन्दै पाठकमाथि कुटपिट गरेको खबर पाएलगत्तै नजिकै रहेको प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थल पुगेर पाठक र ती युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

 

बनेपामा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने विज्ञान शिक्षक पक्राउ

 

बनेपामा सिरिन्ज आक्रमण गर्दै गर्दा एक युवक रंगेहात पक्राउ परेका छन् । बनेपाको चारदोबाटोमा युवतीमाथि सिरिन्ज हान्दै गर्दा स्याङ्गजा वालिङ्गका शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको हो । सरस्वती माध्यमिक विद्यालय स्याङ्गजा वालिङ्गका शिक्षक पाठक काभे नमोबुद्ध नगरपालिका भकुन्डेका स्थायी बासिन्दा हुन् ।

 

उक्त सरकारी स्कुलका विज्ञान विषयका शिक्षक रहेका पाठकलाई स्थानियहरुले आक्रोशित हुँदै कुटपिट समेत गरेका थिए । त्यसक्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको छ । पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण गरेको स्वीकारेका छैनन् । बँदेलको पेटमा यस्तो एउटा चिज भेटाए जसले बनायो उनलाई एक झड्कामा करोडपति

 

चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो ।

 

यो विचित्रको चीजलाई उनले संभालेर राखे ।एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो ।

 

सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ । यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो ।

चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् ।विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...