पाकिस्तानी प्रधानमन्त्री खानलाई अमेरिकाले अचानक किन बोलायो ? [भारतलाई ठुलो चिन्ता]



हाम्रो इकोनोमि

 

लामो समय देखि दुश्मनको व्यवहार गर्दै आएका अमेरिका र पाकिस्तान मित्रतातर्फ अगाडी बढ्ने भएका छन् । पछिल्लो साय भारतसँग अमेरिकाको दुरी बढ्दै गएको चर्चा भइरहेको बेला यी दुई देश बीचको मित्रताको फरक अर्थ लाग्ने पनि बताइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान औपचारिक भ्रमणमा अमेरिका जान लाग्नु भएको छ । प्रधानमन्त्री खानले महँगो होटलमा नबस्ने चाहना व्यक्त गर्नुभएको छ ।

 

 

पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएअनुसार जुन २१ तारिखदेखि २४ सुरु हुने भ्रमणका क्रममा खानले वासिंटनस्थित दुतावासमै बस्ने इच्छा व्यक्त गर्नुभएको हो । राजदुत असद मजिदको निवासमा बसेको खण्डमा प्रधानमन्त्रीको राजकीय भ्रमणको खर्चमा भारी कटौती हुनेछ । इमरानको यो चाहना अमेरिकाको सुरक्षा तथा शहरी संयन्त्रका लागि भने आकर्षक नहुन पनि सक्छ । किनकि इमरान दुतावसमा बस्दा एकातर्फ सुरक्षा चुनौती उत्पन्न हुनसक्छ भने अर्कातिर शहरको ट्राफिक व्यवस्था खलबलिने सम्भावना पनि उत्तिकै हुने जानकारहरु बताउँछन ।

 

वासिंटनले हरेक वर्ष विभिन्न देशका सरकार प्रमुखहरुको सयौं भ्रमण व्यवस्थापन गर्छ, त्यसक्रममा सर्वसाधारणले कुनै सास्ती खेप्न नपरोस् भन्नेतर्फ विशेष सतर्कता अपनाइन्छ । पाकिस्तानी दुतावास शहरको मध्यभागमा भएका कारण इमरानको यो चाहना वासिंटन–प्रशासनका लागि चुनौतीपूर्ण बन्न सक्छ । यसबारे पाकिस्तानी दुतावासले वासिंटनसँग छलफल गरिरहेको बताइएको छ । भ्रमणका क्रममा खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...