पाकिस्तानी प्रधानमन्त्री खानलाई अमेरिकाले अचानक किन बोलायो ? [भारतलाई ठुलो चिन्ता]



हाम्रो इकोनोमि

 

लामो समय देखि दुश्मनको व्यवहार गर्दै आएका अमेरिका र पाकिस्तान मित्रतातर्फ अगाडी बढ्ने भएका छन् । पछिल्लो साय भारतसँग अमेरिकाको दुरी बढ्दै गएको चर्चा भइरहेको बेला यी दुई देश बीचको मित्रताको फरक अर्थ लाग्ने पनि बताइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान औपचारिक भ्रमणमा अमेरिका जान लाग्नु भएको छ । प्रधानमन्त्री खानले महँगो होटलमा नबस्ने चाहना व्यक्त गर्नुभएको छ ।

 

 

पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएअनुसार जुन २१ तारिखदेखि २४ सुरु हुने भ्रमणका क्रममा खानले वासिंटनस्थित दुतावासमै बस्ने इच्छा व्यक्त गर्नुभएको हो । राजदुत असद मजिदको निवासमा बसेको खण्डमा प्रधानमन्त्रीको राजकीय भ्रमणको खर्चमा भारी कटौती हुनेछ । इमरानको यो चाहना अमेरिकाको सुरक्षा तथा शहरी संयन्त्रका लागि भने आकर्षक नहुन पनि सक्छ । किनकि इमरान दुतावसमा बस्दा एकातर्फ सुरक्षा चुनौती उत्पन्न हुनसक्छ भने अर्कातिर शहरको ट्राफिक व्यवस्था खलबलिने सम्भावना पनि उत्तिकै हुने जानकारहरु बताउँछन ।

 

वासिंटनले हरेक वर्ष विभिन्न देशका सरकार प्रमुखहरुको सयौं भ्रमण व्यवस्थापन गर्छ, त्यसक्रममा सर्वसाधारणले कुनै सास्ती खेप्न नपरोस् भन्नेतर्फ विशेष सतर्कता अपनाइन्छ । पाकिस्तानी दुतावास शहरको मध्यभागमा भएका कारण इमरानको यो चाहना वासिंटन–प्रशासनका लागि चुनौतीपूर्ण बन्न सक्छ । यसबारे पाकिस्तानी दुतावासले वासिंटनसँग छलफल गरिरहेको बताइएको छ । भ्रमणका क्रममा खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...