खुसीको खबर भन्दै प्रचण्डले सुनाए ओलीसँग भएको यस्तो सहमति



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा सहमति जुटेको बताएका छन् । उनका अनुसार भोलि प्रकाशनमा जानेछ ।

 

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘एउटा खुसीको खबर सुनाउन सक्ने भएर आएको छु । आज विहान मात्रै बालुवाटारमा प्रधानमन्त्री र मेरोबीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । त्यो भोलि प्रकाशनमा जाँदैछ ।’

 

पार्टी एकतामा यो ठूलो काम भएको उनले बताए । राजनीतिक प्रतिवेदन नहुँदा विचार, सिद्धान्त के हो ? कुन नेताले भनेको पार्टीको लाइन हो भन्ने परेको भन्दै प्रचण्डले भने, ‘आजबाट त्यो कम्फ्यूजन अन्त्य गर्ने निर्णय गरेका छौं ।’

 

उनले पार्टी एकता घोषणा गर्दा अबको महाधिवेशन एकताको हुने र त्यसमा विचार, राजनीति र नेतृत्वसम्वन्धी निर्णय सहमतिबाट गरिनेछ भनेर शीर्ष नेताहरुले हस्ताक्षर गरेको उनले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...