आँप खाँदै हुनुहुन्छ, अब होशियार हुनुहोस्



हाम्रो इकोनोमि

 

 

 

आँपलाई फलफूलको राजा मानिन्छ । आँप पाक्ने सिजन आउनै बाँकी छ । तर फलफूल बजार भने आँपले पहेँलपुर भइसकेको छ । प्राकृतिक रुपमा असार–साउनमा मात्र पाक्छ आँप । तराईमा आँप काँचै छ, पहाडमा त भर्खर चिचिला लागेको छ । तर बजारमा आँप उपभोक्ताले खाइनसक्नु आइसकेको छ । डल्ले , सिंधुरे , चिउरी सबुजा, मालदह, दशहरी, बम्बै, कलकतिया र सरिह कुन खाने ? व्यापारीले विभिन्न किसिमका आँप बेचिरहेका छन् ?

 

उपभोक्ता पनि बेमौसममै आँप खान पाउँदा दंग छन् । कहाँबाट आउँछन् यस्ता आँप ? कसरी पकाइन्छ यसलाई सिजन अगावै प्रश्न टड्कारो छ, सवाल गम्भीर । उपभोक्ताको स्वास्थ्य जोखिममा छ तर भन्ने कहाँ, सुन्ने कसले ? बेमौसमी आँप बाहिरी मुलुकबाट आउने गरेको छ । किसानले आँप काँचै टिपेर व्यवसायीलाई दिन्छ्न्, । व्यवसायीले विभिन्न रसायन प्रयोग गरेर त्यसलाई पहेँलो देखिने गरी गलाउँछन् । खानेबेला नहुँदै रसायनबाट गलाइएको आँप बजारमा ओइरिएको छ । उपभोक्ताले यस्तै आँप खाइरहेका छन् ।

 

बाहिरबाट आउने विभिन्न विधिबाट छिटो पकाइएका बेमौसमी आँपले फलफूलबजारमा सिजन अगावै स्थान ओगट्छन् । त्यसबाट एकतातिर देशभित्रका व्यावसायिक आँप उत्पादकलाई निराश बनाउँछ । अर्कातिर उपभोक्तामाथि खेलवाड । उपभोक्ताले आँपसँगै पैसा तिरेर बिषादी खाइरहेका छन् ।

 

स्वास्थ्यकर्मीहरुले आँप पकाउन प्रयोग गरिएको बिषादीले विभिन्न स्वास्थ्य समस्या हुनसक्ने चेतावनी दिइरहेका छन् । तर रोकिएको छैन, बिषादीयुक्त आँपको उपभोग । यस्ता आँपप्रति किन मौन छ, प्रशासन ? यसमा कसले कसलाई कारबाही गर्ने र ?

 

चासो आँप कसरी पाक्यो , बजारमा किन चाँडै आयो भन्ने मात्र होइन । चिन्ता स्वास्थ्यको हो, सवाल स्वाभिमानको । जनस्वास्थ्यप्रतिकोउच्च सतर्कता नै राष्ट्रिय स्वाभिमान हो । हामीले हाम्रै स्रोत र उत्पादनमा जनताको स्वास्थ र स्वाभिमान कायम राख्नुपर्छ । हामी पेटले होइन शिरले बाँच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...