जब भूकम्पले काठमाडौँ हल्लायो, युवा ज्योतिष अर्जुन क्षेत्रीले दिए यस्तो जवाफ



हाम्रो इकोनोमि

 

शनिबार अपराह्न करिब सवाँ ४ बजेतिर काठमाडौँ उपत्यकाको भक्तपुर सल्लाघारी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भयो । फेसबुक वालभरी ठूलै हल्लीखल्ली मच्चाउने स्टाटसहरुको बाडी नै आयो । भूकम्पको समाचारले फेसबुक लगायत सामाजिक सञ्जालको न्यूज फिड भरियो ।

केही मिनेट त काठमाडौँ उपत्यका आसपासका केही ठाउँका मानिसहरु सडकमा निस्किए भन्ने सम्म शीर्षकका समाचारहरु आए । करिब भूकम्पको हल्ला बिस्तारै सेलाउदैँ गएको छ । यसैबीच, देशमा गत जेठ महिनाको अन्तिम साता महाभूकम्प आउँछ भन्दैँ जनतालाई त्रसित पार्ने युवा ज्योतिषी अर्जुन क्षेत्रीको नाममा विभिन्न ट्रोल बनिरहेका छन् ।

भूकम्प जाँदा पानी परिरहेकै भएपनि मान्छेहरु हतारहतार घर बाहिर निस्किए । पानीमा भिजेरै भएपनि धेरै भूकम्पको डरले मानिसहरु घर बाहिर आएका थिए । पानी परिरहेको बेला भूकम्प आयो भने के हुन्छ रु पानी परिरहेको समयमा भूकम्प आए पहिरोको सम्भावना हुन्छ । भूगर्भविद् डा। रञ्जन कुमार दाहाल भन्छन्, ‘वर्खाको समयम त्यसै त पहिरोको अधिक सम्भावना हुन्छ झन पानी परेकै समयमा भूकम्प गयो भने पहिरोको सम्भावना बढी हुन्छ ।’

मनसुनको समयमा धेरै पानी पर्छ जमिन भित्र पसेको पानी बाहिर निस्किन पाएन् भने चट्टान वा माटोको अड्किने क्षमतामा कमि आएर पहिरो जान्छ।’ उनले भने । भूकम्पले जमिनभित्र पानी पस्न सहयोग गर्ने भएकाले पनि पानी परिरहेको समयमा पहिरो जाने सम्भावना बढेको उनको भनाई छ ।

‘पहिरो चट्टाने वा माटो जानसक्ने हुन्छन् तर माटो मात्रै मिसिएको पहिरोको आफ्नै किसिमका गुणहरु हुन सक्छन् र चट्टाने पहिरोका आफ्नो गुणहरु हुन्छ तर चट्टाने पहिरो अरु भन्दा खतरा हुन्छ’ उनले भने । नेपाल पहिरोबाट वर्षेनी ठूलो संख्यामा जनधनको क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...