एयरपोर्टको भिडियो काण्ड अख्तियारमा, महाप्रवन्धक राजकुमार क्षेत्रीले मागे दुईवटा गाडी र ५० लाख



हाम्रो इकोनोमि

अख्तियार आयुक्तको पदमा बहाल रहेकै समय अनियमितता गरेको पुष्टि भएपछि राजनारायण पाठक पदबाट वहिगर्मित हुनुपरेजस्तै काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ ।

 

विमानस्थलमा मिटर ट्याक्सी सञ्चालनको ठेक्का लगाउने विषयमा नागरिक उड्डयन प्राधिकरण, त्रिअवि कार्यालय र ठेकेदारबीच कुरा नमिल्दा अन्ततः मदिराले लठ्ठ भएको अवस्थाको भिडियो, आर्थिक लेनदेन गर्दै गरेको दृश्यसहितको भिज्युवल टंगालस्थित अख्तियार कार्यालय पुगेको छ । ठेकेदारहरुले ठेक्का रोक्काका लागि अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेपछि सर्वोच्चले अन्तरिम आदेश दिएको र आदेशको अवधीभर अख्तियारले कारवाही स्थगित गरेको स्रोतले जनाएको छ । यसरी ठेकेदारहरुसँग आर्थिक मोलमोलाई गरेको साढे दुई घण्टाको भिडियोका मूलपात्र हुन्, नागरिक उड्डयन प्राधिकण, त्रिअविका महाप्रवन्धक राजकुमार क्षेत्री र निर्देशक हेम दाहाल ।

 

एयरपोर्टमा विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले सात वर्षदेखि मिटर ट्याक्सी सञ्चालनको ठेक्का पाउँदै आएको थियो । तर, विमानस्थलस्थित नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले सो ठेक्का रद्द गरी अर्को ठेक्का आह्वान गर्न खोजेपछि ठेकेदार र प्राधिकरण प्रशासनबीच विवाद हुँदै आएको छ । ठेकेदारहरुले ठेक्काको म्याद थपका लागि माग गरेका थिए । तर, महाप्रवन्धक क्षेत्रीले हाल त्यहाँ चलिरहेका सबै पुराना ट्याक्सी हटाई नयाँ खरिद गरिनुपर्ने र प्रतिट्याक्सी डेढदेखि दुई लाख रुपैयाँ आफूलाई कमिशन आउनुपर्ने माग गरे । अहिले त्रिअविमा दुई सयवटा मिटर ट्याक्सी सञ्चालनमा छन् । हाल त्रिअविमा ट्याक्सीको ठेक्का परेको कम्पनीका सञ्चालक विजय स्वाँर, पुरुषोत्तम सिंखडालगायतका छन् ।

 

महाप्रवन्धक क्षेत्रीले ठेक्काको निरन्तरता वा ठेक्का रद्द गर्न नमानेपछि ठेकेदारहरुले महाप्रवन्धक क्षेत्री र हेम दाहाललाई एक रेष्टुरेष्टमा डिनरका लागि बोलाए । डिनर खाने क्रममा त्यहाँ भएका सबै कुराकानी स्मार्ट भिडियोमार्फत रेकर्ड गरिएको छ । त्यसमा महाप्रवन्धक क्षेत्रीले दुई वटा गाडी र ५० लाख नगद माग गरेको अडियो र भिज्युवल दुबै रेकर्ड छ । उक्त भिडियो ठेकेदार पुरुषोत्तम सिंखडाको मोबाइलमा रेकर्ड गरिएको हो । सोही भिडियोमा तत्कालै केही रकम माग गरिएको र माग गरिएजति रकम नभएका कारण चेक दिइएको दृश्य पनि रेकर्ड भएको छ ।

 

उक्त भिडियो दृश्य लिएर ठेकेदारहरु भोलिपल्टै अख्तियारमा बहाल रहेका एकजना आयुक्तसँग भेट्न पुगेका थिए । कांग्रेस नेता प्रकाशमान सिंह निकटस्थ ती आयुक्तले भिडियोको एक प्रति आफ्नो साथमा राखेका छन् । तर, तत्कालै अदालतले अन्तरिम आदेश दिई ठेक्कासम्बन्धी कुनै काम अघि नबढाउनु भनेका कारण सो भिडियो हालसम्म गोप्य नै राखिएको छ ।

 

यो बिषयमा बुझ्न ठेकेदार पुरुषोतम सिंखडालाई हामीले सम्पर्क गर्दा मौखिक कुरा भएको, तर आफूसँग प्रमाण नभएको बताए । अगाडि थपे ‘प्रमाण भएको भए त आफैं अख्तियारमा लगेर उजुरी हाल्दथें ।’ हामीले यो बिषयमा त्यहाँका महाप्रवन्धक राजकुमार क्षेत्रीसँग प्रतिक्रिया लिने प्रयास गर्यौं । तर उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...