बाबुरामले प्रचण्डलाई भने दीपक मनाङे भएपछि म किन चाहियो



हाम्रो इकोनोमि

 

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीले समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला लगायतलाई स्वागत गर्‍यो । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएपछि अध्यक्ष प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई नै नेकपामा आउन आग्रह गरे । उनले बाबुरामको वौद्धिकताले अरु पार्टीका गएर सकारात्मक परिणाम दिन नसकेको टिप्पणीसमेत गरे ।

 

‘बाबुरामजीको वौद्धिकताले अन्त गएर कहीँ त्यसले सकारात्मक परिणाम दिएको देखिँदैन । कम्युनिष्ट आन्दोलनसँग जोडिएर मात्रै उहाँको बौद्धिकताको अर्थ हुने हो । उहाँको पीएचडीको अर्थ त्यहीँ हुने हो’ उनले भने ।

 

तर बाबुरामले भने प्रचण्डको उक्त भनाइको जवाफ ट्विटरमार्फत फर्काएका छन् । उनले लेखेका छन् ‘कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ? ‘ नेकपाले बिहीबारमात्रै आपराधिक पृष्ठभूमिका दीपक मनाङेलाई पार्टी प्रवेश गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...