ग्लोबल आईएमई र जनता बैङ्क मर्जर हुने घोषणा



हाम्रो इकोनोमि

 

ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् । आज राजधानिमा यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषण गरेका हुन् ।

मेगा बैङ्कसँग मर्जरको चर्चा चलिरहेको ग्लोबल आईएमईले अन्तिम समयमा आएर जनता बैङ्कसँग हात मिलाएको हो ।

ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क अब एक भएर जाने समझदारी भएको जनता बैङ्कका कार्यकारी प्रमुख(सिईओ) पर्शुराम क्षेत्रीले रातोपाटीलाई जानकारी दिएका छन् ।

‘अब हामी(ग्लोबल र जनता) एक हुने भएका छौँ,’ कुँवरले भने, ‘आजै हामीले मर्जर समझदारी पत्रमा हस्ताक्षेर गरेका छौँ ।’

राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीति आउनुअघि सबै बैङ्कहरुलाई आफु सुहाउदो जोडी खोजिसक्न निर्देशन गरेका थिए ।

मर्जरपछि बैङ्कको नाम ग्लोबल आईएमई नै रहने बहस चलेपनि संयुक्त बैङ्कको नाम के रहने भन्ने अहिलेनै यकिन नभएको कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...