अबदेखि फेसबुकमा यसो गर्नुभयो भने १५ लाख जरिवाना र ५ वर्ष कैद



 

 

सामाजिक सञ्जालमा अङ्कुस लगाउने विधेयक संसद्को विकास तथा प्रविधि समितिको उपसमितिले बहमुतले पारित गरेको छ । सूचना प्रविधि सम्बन्धी विधेयक पारित भए पनि अब संसदीय समितिमा जाने छ ।

उपसमितिले सामाजिक सञ्जालको कसुरदारलाई १५ लाख रुपैयाँ जरिवाना तथा पाँच वर्ष कैद वा दुवै सजायको व्यवस्था गरेको उपसमितिका एक सदस्यले जानकारी दिए ।

बुधवार बसेको उपसमितिको बैठकले अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्काउने, होच्चाउने, होत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता क्रियाकलापलाई दण्डनीय बनाएको छ । उपसमिति सदस्य काँग्रेस सांसद बहादुर सिंह लामाले असहमति जनाएका छन् ।

समितिले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने जस्ता नियन्त्रणकारी प्रावधान राखेको छ । घृणा, द्वेष वा अपहेलना हुने काम कारबाहीमा समेत प्रतिबन्ध लगाएको छ ।

उदाहरणका लागि कसैले फेसबुकमा केही विषयमा स्टाटस लेख्यो र त्यो स्टाटश विधेयकमा उल्लेख गरिएका व्यवस्थाको प्रतिकूल भयो भने त्यो स्टाटस शेयर गर्ने व्यक्तिलाईसमेत सजाय हुनसक्छ ।

यो पनिः-

अर्काकी श्रीमतीलाई गुप्तांग देखाउन लगाएर फेसबुकमा यस्तो बदमासी, हेर्नुहोस्

पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाण्डौँ आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो ।

भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे ।

साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा पुग्न ढिलाइ भइसकेको थियो । ती युवक वैदेशिक रोजगारीका लागि मलेसिया उडिसकेका छन् । सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी । प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराधबारे अनुसन्धान गर्दै आएको छ । महाशाखामा साउनदेखि वैशाखसम्म मात्र ४ हजार उजुरी परेका छन् । यसमध्ये प्रहरीले १ हजार ५ सय ७० वटामा मुद्दा चलाएको छ । ‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन्’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘मन मिलेसम्म सबै कुरा गर्ने र नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’

उनका अनुसार उजुरी आउने अधिकांश घटना फेसबुकसँग सम्बन्धित छन् । महाशाखाको अध्ययनअनुसार २० देखि ३० वर्ष उमेर समूहले सामाजिक सञ्जाल दुरुपयोग गर्दै आएको पाइएको छ । –अन्नपूर्ण पोस्टबाट

 

दुई सन्तानकी भाउजुलाई लिएर देवर फरार, पक्राउपछिको बयान थाहा पाउँदा तपाई चकित पर्नुहुनेछ !

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।

यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो । २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् । उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।

अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् । –एजेन्सीको सहयोगमा

 

मन्दिरभित्रै यौनसम्पर्क गरिरहेको एक जोडी रंगेहात भेटिएपछि…(भिडियोसहित)

भारतको एक मन्दिर भित्रै यौन क्रियाकलाप गरिरहेको अवस्थामा एक जोडीलाई स्थानियले रंगेहात भेटिएपछि उनिहरुलाई आपत परेको थियो । मन्दिर भित्रै यौन प्यास मेटाउदै गर्दा गाउँलेले देखेपछि केही स्थानियहरुले भिडियो बनाएर भाईरल बनाएका थिए । भिडियोमा एक जोडी मन्दिरमै यौन प्यास मेटाउन लागेका देखिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
रविलाई काठमाडौं प्रहरीमा जिम्मा लगाउने तयारी

     अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा

समाजवादी नामका पसल चल्न दिदैनौं : ओली

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति

सामाजिक सेवामा अग्रसर नेकपा एमाले राप्ती

    नेकपा एमाले राप्ती नगरपालिका वडा नं. ६ को आयोजनामा आज राष्ट्रिय