बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेकपामा विलय



हाम्रो इकोनोमि

 

सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आउनुभएका पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायत नेकपामा प्रवेश गर्दै हुनुहुन्छ । धमला र पराजुली श्रीमान श्रीमती हुनुहुन्छ ।

 

धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो । नेकपाको केन्द्रीय कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उहाँहरू पार्टी प्रवेश गर्न लाग्नुभएको हो ।

 

बिहीबार नै पार्टी प्रवेश गर्ने कार्यक्रम थियो तर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण कार्यक्रम स्थगित भएको जानकारी पराजुलीले दिनुभयो । फोरम नेपालसँग नयाँ शक्तिले एकीकरण गर्नु राम्रो हो तर नयाँ शक्ति पार्टी जुन अभियानका लागि गठन भएको थियो, त्यो बाटो छाडेका कारण आफूहरू सो दल छाडेर नेकपामा प्रवेश गर्न लागेको पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...