अमेरिकामा दुई दशक यता कै शक्तिशाली भूकम्प, ठुलो क्षतिको आशंका



हाम्रो इकोनोमि

 

अमेरिकामा दुई दशक यता कै शक्तिशाली भूकम्प गएको छ । दक्षिणी क्यालिफोर्नियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । लस एन्जलसबाट २ सय ४० किलोमिटर उत्तरपरुर्वी रिज्क्रेस्ट शहर केन्द्रबिन्दु भएर दुई दशक यता कै शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ । भूकम्पका कारण केही ठाउँमा क्षती पुग्नुका साथै आगलागी पनि भएको छ ।

 

भूकम्पको केन्द्र भएको स्थानमा निकै नै क्षति भएको स्थानीय भूगर्भविद् प्राध्यापक जोह रन्डलीले बताएको बीबीसीले उल्लेख गरेको छ । उनले धेरै जनसंख्या भएको क्षेत्रबाट भूकम्पको केन्द्र टाढा परेकोले बढी क्षति हुन नपाएको बताएका छन् । भूकम्पको केन्द्र भएको स्थानमा दर्जनौँ भवनमा आगलागी भएको आशंका गरिएको छ । मानवीय क्षतिबारे भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...