रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती, प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु



 

दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् ।

 

मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ?

व्यक्तिगत जीवनसँग सम्बन्धीत कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ ।

सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ?

 

झै–झगडा
सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ । भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ ।

महंगो उपहार
तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।

व्यक्तिगत फोटो 
आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् ।

घुम्न जाने ठाउँको जानकारी 
यदि तपाईं छुट्टिमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् ।

ब्रेकअप
यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ ।

 

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात

 

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानाँै पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरुको बारेमा ।

 

A नामका युवती 
पहिलो अक्षर ब् हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामका युवती
यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

G नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

 P नामका युवती
प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

 T नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

प्रतिक्रिया दिनुहोस
रामेछापमा सुमो दुर्घटनामा वडाध्यक्ष सहित पाँच जनाको घटनास्थलमै मृत्यु

  रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ । चिनियाँ

बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको मौन अवधि

    बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुने भएको छ

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही