अर्घाखाँचीमा जीप सडकबाट ३ सय मिटर तल खस्यो, ठुलो जनधनको क्षति



हाम्रो इकोनोमि

 

यात्रुले खचाखच भरिएको जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको सितंगगा नगरपालिका वडा नं. २ सन्धिखर्क नगरपालिका वडा नं. ७ सुपादेउरालीमा यात्रुबाहक जिप खस्दा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । कपिलबस्तुको कृष्ण नगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट ३०० मिटर तल खसेको बताइएको छ ।

 

जीप खस्दा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी ,नेपाली सेनाले उद्धारको कार्य जारी राखेका छन् । जिप पछाडि व्याक भएर सड्कबाट तल खसेको प्रत्यक्षदर्शी माधब घिमिरेले बताएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...