हिसिलाबाहेक सबैले छाडे बाबुरामको साथ, पूर्वमन्त्री धमलासहित २० नेता नेकपामा



हाम्रो इकोनोमि

 

नयाँ शक्ति र संघीय समाजवादी विघटन गरेर बनेको समाजवादवादी पार्टीका नेता डा बाबुराम भट्टराईलाई श्रीमति हिसिला यमी बाहेक सबै पूर्व नेताहरूले साथ छाडेका छन । नयाँ शक्तिको नाममा सुरूमै आक्रामक प्रचार गरेर चर्चामा आएको बाबुरामको साथ छाड्ने लहर पाँच महिनापछि सुरू भएको थियो । अन्ततः बाबुराम आफैँले नयाँ शक्ति विसर्जन गरे ।

 

 

बाबुरामको संगतबाटै प्रेरणा मिलेर पढ्न थालेकी करिष्मा मानन्धरले एसइइ उत्तीर्ण गर्नुअघि नै साथ छाडिन र पछिल्लो  पटक उनको विश्वासपात्र बनेर काम गरेका पूर्वमन्त्री कल्पना धमलासहित २० जना नेता नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गर्दैछन । सम्भवत उनीहरू शुक्रबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्षद्धयको हातबाट टीका र खादा लगाएर पार्टी प्रवेश गर्नेछन ।

 

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपा प्रवेश गर्न लागेको पुष्टि प्रधानमन्त्रीको सचिवालयले पनि गरेको छ। पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत केही व्यवसायी र गोरखाका नेता(कार्यकर्तासहित २० जना नेकपामा प्रवेश गर्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...