दीपक मनाङ्गे नेकपामा प्रवेश



हाम्रो इकोनोमि

 

मनाङ जिल्लाबाट प्रदेश सांसदमा स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सांसद दीपक मनाङ्गे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

बिहीबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् ।

मनाङ्गे गण्डकी प्रदेशका सांसद हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए ।

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

गुण्डा नाइकेका रुपमा परिचित मनाङ्गे नेपाली कांग्रेस, राप्रपा हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका थिए । मनाङ्गे पुनः नेकपामा प्रवेश गरका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...