लाइसेन्स बनाउने प्रणाली फेरियो, बन्यो अब यस्तो कानुन , कति बर्ष सम्म बनाउन नपाइने हेर्नुस



हाम्रो इकोनोमि

 

 

प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ।

हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ ।

नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघमै राजपत्रमा प्रकाशित भइसकेको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङकी प्रमुख कमला थापा खत्रीले केन्द्रीय सिस्टमअनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन् ।

‘प्रदेश ३ सरकारले बनाएको कानुनमा लाइसेन्सका लागि १८ वर्ष उमेर पुग्नुपर्ने प्रावधान छ,’ उनले भनिन्, ‘नयाँ प्रावधान लागू गर्न हामीले यातायात व्यवस्था विभागलाई भनेका छौँ । तर, विभागको सिस्टम परिवर्तन भएको छैन ।’

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने प्रदेश सरकारले बनाएको कानुन लागू नहुने सम्भावना रहेको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

‘संघीय कानुनसँग बाझिने प्रदेश कानुन लागू हुन सक्दैन,’ उनले भने, ‘लाइसेन्सका लागि न्यूनतम उमेर १६ नै हुने सम्भावना छ ।’ संघीय सरकारले नयाँ कानुन बनाइसकेको छैन ।

‘हामीले नयाँ कानुन बनाउनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेका छौँ,’ उनले भने, ‘केन्द्रीय कानुन निर्माण भइसकेपछि प्रदेश सरकारहरूले त्यहीअनुसार एकरूपता हुने गरी कानुन बनाउनुपर्छ ।’

देशैभरका यातायात कार्यालय प्रदेश सरकारमातहत गइसकेका छन् । तर, सिस्टम भने यातायात व्यवस्था विभागले नै नियन्त्रण गर्दै आएको छ । अन्य ६ प्रदेशले लाइसेन्ससम्बन्धी नयाँ कानुन बनाइसकेका छैनन् । प्रदेश ३ ले भने लागू गरिसकेको छ।

प्रदेशले बनाएको कानुनमा अन्य नयाँ प्रावधानसमेत छन् । जसमा ठूला सवारीसाधनको लाइसेन्सका लागि २५ वर्ष उमेर कायम गरिएको छ । त्यस्तै, मझौला सवारीसाधनका लागि २२ वर्ष तोकिएको छ ।

हाल दुईपांग्रे सवारीको लाइसेन्स १६ तथा चारपांग्रेको १८ वर्ष उमेर पुगेपछि पाइन्छ । त्यस्तै कार तथा भ्यानको लाइसेन्स लिएको दुई वर्षपछि मात्र मझौला तथा ठूला सवारीसाधनको लिन पाउने प्रावधान छ । प्रदेश सरकारले कार तथा भ्यानको लाइसेन्स नभए पनि मझौला तथा ठूला सवारीसाधनको लाइसेन्स लिन पाउने प्रावधान राखेको छ ।

त्यस्तै, विदेशी लाइसेन्स नेपालीकरणका लागि लिखित परीक्षा र ट्रायल दुवै दिनुपर्ने व्यवस्था राखिएको छ । अहिलेको कानुनमा दुवै परीक्षा दिनुनपर्ने व्यवस्था छ । तर, नेपालीकरणमा अनियमितता भएपछि हाल नेपालीकरण रोकिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...