भारतमा लगेर जबरजस्ती गोप्य अंग काटिदिएर औषधि र सुई दिई छोरालाई छोरी बनाईदिएपछि



 

एक दम्पतीले आफ्ना छोराछोरीलाई उच्च शिक्षाको अध्ययनका लागि विदेश पठाउछन् । यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल २०७१ सालमा १२ कक्षा पढेर बुवासँगै भारत गए । भारतमा कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने उनको सपना थियो ।

जिन्दगीमा सधैं सोचेजस्तो कहाँ हुन्छ ? ५ वर्षपछि घर फर्किंदा उनी ‘केटी’ प्रियंका बनेकी छन् । गाउँले अचम्ममा परेका छन् भने प्रहरी कार्यालयमा उजुरी परेको छ ।

भारतमा सवारी चालकको काम गर्ने बुवा जयराज मालले उनलाई उत्तराखण्डको हरिद्वारमा कम्प्युटर सिकाउन इन्स्टिच्यूटमा भर्ना गर्दिनुका साथै सानोतिनो जागिर समेत दिलाएका थिए ।

बुवा जयराज देहरादून चल्ने गाडी चलाउने भएकाले सधैं सुरेन्द्रसँगै हुँदैन्थे । सुरेन्द्रले ६ महिनासम्म कम्प्युटर सिके, बुवा कहिलेकाहीँ आउने–जाने गर्थे ।

‘को–को आएर बढी तलब दिन्छु भनेर छोरा सुरेन्द्रलाई लगेर गएछन्,’ बुवा जयराजले भने, ‘भारतको जम्मुकस्मिर पुर्‍याएछन्, तेस्रोलिङ्गीहरूको समूहले त्यहाँ पुर्‍याएर बन्दी बनाएको थाहा पाएपछि २०७२ सालमा चिनेजानेका एक जनाले घर फिर्ता ल्याएका थिए ।’

घर पुगेका सुरेन्द्र पछि फेरि भारत गएको र आफू भारतमै चालकको काम गर्ने भएकाले थाहा नपाएको बुवा जयराजले बताए ।

दोस्रोपल्ट भारत गएका सुरेन्द्र घरपरिवारको नियमित सम्पर्कमा थिएनन् । एक्कासि यही असार महिनामा सुरेन्द्र केटीजस्तै देखिने ‘प्रियंका’ भएर कृष्णपुरको दोमिल्लास्थित घर फर्किए ।

सँगै आए भारतीय मुस्लिम नागरिक, नइम । बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् ।

सुरेन्द्र केही वर्षमै प्रियंका कसरी बने त ? इलाका प्रहरी कार्यालय झलारीमा उजुरी आएको र त्यसलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

प्रियंकाले प्रहरीसमक्ष औषधि खुवाएर तथा सुइ लगाएर लिङ्ग परिवर्तन गरिएको गुनासो गरेकी छन् । आफ्नो लिङ्ग जबरजस्ती परिवर्तन गराउनेलाई कारवाही हुनुपर्ने उनको माग छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रियंकासहित परिवारले उजुरी दिएको छ । प्रहरीमा उजुरी पुगेपछि प्रहरीको आग्रहमा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरले प्रियंकाको स्वास्थ्य जाँच गरेको छ ।

प्रहरीले सोधेका प्रश्नको जवाफ लेखेर पठाइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताए । ‘यो प्रहरी अनुसन्धानको पाटो हो । प्रहरीले सोधेको प्रश्नको जवाफ पठाएका छौं । थप बताउन मिल्दैन,’ उनले भने ।

स्थानीय सोपेन्द्र कार्कीका अनुसार प्रियंकाको हाउभाउ पूरै केटीजस्तै भएको छ । ‘लजाउने, हिँड्ने तरिका सबै केटीकै जस्तो देखिन्छ,’ उनले भने, ‘स्तन पनि देखिन्छन् ।’

भारतमा हुँदा औषधि र सुइ लगाएर जबरजस्ती लिङ्ग परिवर्तन गरिएको भनेर प्रियंकाले भनेको कार्कीले बताए ।

औषधि र सुइका कारण ‘हर्मोन’मा परिवर्तन गर्न सकिने महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठ समेत बताउँछन् । ‘स्वेच्छिक लिङ्ग परिवर्तन गरिएका थुप्रै घटना सुनिन्छन्,’ उनले भने

। प्रियंकाको हकमा जबरजस्ती भएकाले मुद्दा प्रक्रियामा गएको छ । लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिएको बुवा जयराजले बताए ।

‘हामी न्याय खोजिरहेका छौं, प्रहरीले के गर्छ हेरौं,’ उनले भने । प्रियंकाको आवाज भने परिवर्तन भएको छैन । केटाजस्तै आवाजमा बोल्छिन् प्रियंका ।

कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने सपना बोकेका सुरेन्द्रको लिङ्ग परिवर्तन किन गरियो भन्ने जिज्ञासामा बुवा जयराज भन्छन्, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने धन्दा हुने रहेछ ।’

घरपरिवार र प्रहरीले घटनाबारे विस्तृतमा बुझिसकेका भने छैनन् । प्रहरीमा उजुरी पुगेकाले अनुसन्धान भइरहेको छ ।

नयाँ घटना भएकाले अभियुक्तलाई कुन मुद्दा चलाउने, स्वास्थ्यको प्राविधिक विषयलाई कसरी समाधान र जाँच गर्ने भनेर प्रहरी समेत अलमलमा रहेको स्रोतले बतायो ।

भारतीय नागरिक नइमले प्रियंकालाई लिङ्ग परिवर्तन गराउनेको पञ्जाबाट मुक्त गरेर ल्याएको बताइएको छ ।धेरै कुरा रहस्यमै छन्, प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने