एसईई पूरक परीक्षा साउन २६ देखि (तालिकासहित)



हाम्रो इकोनोमि

 

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

 

बोर्डका अनुसार, साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो ।

परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।

गत चैतमा सञ्चालित एसईई परीक्षाको परीक्षाफल असार १२ गते सार्वजनिक भएको थियो । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...