फेसबुकबाट चिनजान भएकि प्रेमिकासँग रात बिताएका प्रेमी गुरुङ गोगंबुको गेष्ट हाउसमा मृत भेटिए



हाम्रो इकोनोमि

 

 काठमाडाैंकाे गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ रहेका छन् ।

फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग शुभकलश गेष्ट हाउसको कोठा नम्बर १०४ बस्न पुगेका गुरुङ मंगलबार साँझ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिएका हुन् ।

उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न सकेकाे छैन ।

प्रहरीले गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...