ईश्वरीले आमाको हत्या गर्नुको यस्तो रहेछ रहस्य, सबै भए चकित



हाम्रो इकोनोमि

 

हुन त अपराधको सोच बनाउनेहरूका लागि के प्रेम, के सम्बन्ध । यसकै उदाहरण हुन्, ईश्वरी भट्टराई । जसले आमा सावित्रिको हत्याका लागि १२ लाखको डिल आफ्ना विवाहेत्तर सम्बन्धका पात्र, महोम्मद नौशाद ।

घर परिवारले उनको रोजाईलाई कहिले पनि रोकेको थिएन । त्यसैले ९ बर्षअघि ईश्वरीले रोजेको सोनाम थापामगरसँग जात नमिल्दा पनि धुमधामसँग बिहे गरिदिए । कारण थियो, ईश्वरीको सोनामसँगको प्रेम ।

ईश्वरी यत्तिको सम्बन्धमा मात्र सन्तुष्ट भइनन् । उनको प्रेम भनौ वा यौन आशक्ति यतिविध्न कठोर बन्यो, छानेका पतिको आँखा छलेर सम्बन्ध स्थापित भयो, नौशादसँग ।

छोरीको बानी र व्यवाहारसँग आमा सावित्री जानकार थिइन्, त्यसैले बिहेबारी जीवन नविग्रियोस भनेर उनी छोरीको डेरामा बस्न थालिन् । ६० बर्षिया भट्टराई छोरी ईश्वरीको चाँगुनारायण, भक्तपुरस्थित छोरी ईश्वरीको घरमा बस्दै आएकी थिइन् ।

छोरी ईश्वरीको नौसादसँगको अवैध सम्बन्धबारे जानकार सावित्री छोरी–ज्वाइँको घर नभाँडियोस् भन्ने चहान्थिन् । यो सम्बन्ध टुटाउनका लागि सावित्रीले नौशादलाई विदेश पठाइन्, एक लाख लगानी गरिदिएर । ९ जेठ २०७६ मा नौशाद दुबई उडेका थिए ।

दुबई पुगेको केही दिनमै नौशादले आफू र ईश्वरीबीच भएका अन्तरंग सम्बन्धका तस्बिर सोनमलाई पठाइदिए । सोनामसँग सावित्रीले नै कुरा मिलाइन् र घरजम राम्रै चलिरहेको थियो ।

ईश्वरी र नौशादको यौन आशक्तिको सम्बन्ध यति गहिरो थियो कि, १० असार २०७६ मा उनी दुबईबाट फर्किए । सावित्रीले यो पनि थाहा पाएपछि छोरीको घर जोगाउनका लागि फेरि सिन्धुपाल्चोकबाट भक्तपुर आइन् ।

केही दिन अघि मात्र अर्की छोरीले जग्गा किन्न भनेर सावित्रालाई २२ लाख रुपैयाँ राख्न दिएकी थिइन् । काठमाडौं फर्किएका नौशाद छोरीकै लागि आएको सावित्रीले अनुमान गरिसकेकी थिइन् ।

१५ असारमा घरमा देखिएका नौशादलाई सावित्रिले गाली गरिन् । छोरीको घर नविर्गानका लागि चेतावनी पनि दिइन् । भोलाकुमार र रईस भन्ने दुई सहयोगीका साथ नौशाद आएका थिए ।

गत आइतबार महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घटनास्थलमा पुग्दा सावित्रीको शव घाँटी रेटिएको अवस्थामा फेला पार्नुअघिको कारणसहितको पृष्ठभूमीमा हो, माथि उल्लेखित विषय ।

भक्तपुर प्रहरी र अपराध महाशाखाको टोली घटनास्थल पुगेर तत्काल अनुसन्धान थाल्यो । सावित्रीको मोबाईलमा अन्तिम पटक नौशादसँग सम्पर्क भएको थियो । प्रहरीका लागि त्यो फोन नम्बर नै घटना अनुन्धानका लागि निक्कै सहयोगी क्ल्यु थियो । यहि आधारमा प्रहरीले धादिङबाट नौशादलाई नियन्त्रणमा लियो । आइतबारै नौशाद नियन्त्रणमा लिएपछि उनको बयानका आधारमा घटनाका अन्य विवरण प्रहरीलाई पत्तो लगाउन सहज भयो ।

महाशाखाकाअनुसार नौशादसहित भारतीय नागरिक अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद रईश घटनामा प्रत्यक्ष संलग्न हुन् । रेम्बो चक्कुले सावित्रीको घाँटी रेटेर हत्या गरिएको पनि खुल्यो ।

नौशाद, भोलाकुमार र रईश १४ असारमा काठमाडौं छिरेका थिए । त्यो दिन ईश्वरीले नै नौशादलाई उपलब्ध गराएको सिमबाट कुराकानी भएको थियो । प्रहरीले यो पनि खुलायो कि, ईश्वरीको योजनाका आधारमा नै सावित्रिको हत्या भएको थियो ।

ईश्वरी नौशादसँगको सम्बन्धको यौन आशक्तिमा यति चुर्लुम्म भएको खुलिरहेको छ कि, हत्यामा उनका अनेक प्रकारका योजनाहरूबारे प्रहरीले थप अनुसन्धानबाट खुलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...