लिवियामा हवाई आक्रमण, ४० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् ।

बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् ।  घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

लिवियाको आपतकालीन सेवा केन्द्रका प्रवक्ता ओसामा अलीले एएफपीलाई बताएअनुसार हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए ।‘आक्रमणमा थप आप्रवासी मारिएका हुन सक्छन् । किनकि, यो प्रारम्भिक तथ्यांक मात्र हो’, अलीले एएफपीसँग भनेका छन् ।

अहिलेसम्म आक्रमण कसले गर्‍यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग उसको छ । यही माग राखेर यो संगठन संघर्षरत छ ।

बीबीसीका अनुसार, आप्रवासीका लागि लिविया हुँदै युरोप प्रवेश सहज छ । त्यसैले पछिल्लो समय अफ्रिकाका आप्रवासीहरु लिवियाको बाटो भएर युरोप छिर्छन् ।

निरंकुश शासक भएको आरोप त्यहाँका शासक मुअमर गद्दाफीमाथि लागे पनि उनको शासनकालमा लिविया अहिलेजस्तो कमजोर थिएन । सन् २०११ मा उनी मारिएपछि लिविया हिंसा र विभाजनकाे चक्रव्यूमा फसेको छ । आन्तरिक कारणले कमजोर लिवियाको फाइदा उठाउँदै पछिल्लो समय अफ्रिकन आप्रवासीले युरोप प्रवेशको गन्तव्यका रुपमा यसलाई उपयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...