हराएकी मेरी छोरी फेला पार्न आफ्नै छोरी सम्झिएर सेयर गरिदिनुहोला : श्रेयाकी आमा



हाम्रो इकोनोमि

 

काठमाडौ बस्दै आएकी सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि हराएकी छन्।

काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवाले बताएका छन्।

सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ।मामा टेकराज खत्रीको घरमा बस्दै आएकी कटुवाल बसुन्धाराको साउथ वेस्टन स्कुलको कक्षा ९ मा अध्यानरत थिइन्।

बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको दिदी अनिता कटुवालले जानकारी दिइन्।

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटुवाल काठमाडौं पुगेका छन्। बालिकाले फोन भने कोठामै छोडेको दिदी अनतिाको भनाइ छ। श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ। अनिताले भनिन्, ‘उपत्यकाका सीसी क्यामेरामा उनलाई कतै देखिएन।’

परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबारनै जानकारी दिएको अनिताले बताइन्। आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छन्।

उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन्। हाल सम्म सम्पर्कमा नआएको हुदा देख्न हुने महानुभावले मेरो नं 9862656750 र 9804967450 मा सम्पर्क गरिदिन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...