चञ्चल स्वभावकी छु, नबोली बस्नै सक्दिनँ-झरना पुन मगर, गायिका-मोडल



 

तपाइँको घर कहाँ हो ?

मेरो घर रोल्पाको कोर्चुबाङ हो । ६ वर्षअघि एसएलसी परीक्षामा फेल भएपछि काठमाडौं भागेर आएकी हुँ । त्यो बेला १४ वर्षकी मात्र थिएँ ।

त्यसरी सानै उमेरमा भाग्ने सोच कसरी आयो ?

एसएलसी फेल त भइहालेँ । किन गाउँमा बस्ने भनेर काठमाडौं भागेर आएकी हुँ । यहाँ दिदी हुनुहुन्थ्यो । म आउँदैछु भनेर उताबाट भागेकी हुँ ।

काठमाडौं ठूलो सहर छ । हराउँछु भन्ने डर लागेन ?

दिदीलाई मलाई बसपार्क लिन आउनु भनेकी थिएँ । तर, घरमा म भागेको आमा–बुबाले थाहा पाउनुभएछ । थानकोट चेकपोष्टमा गाडी चेक गरेर मामाहरुले भेटाएर घर लैजानुभयो । त्यसपछि मात्र दिदीसँग भेट भयो ।

अहिले मोडलिङ र गायनमा चर्चित बन्नुभएको छ । यो क्षेत्रमा कसरी लाग्नुभयो ?

एकजना दाई चिनेको हुनुहुन्थ्यो । उहाँले तीजको गीतमा मोडलिङ गर्ने हो भनेपछि मेरो मोडलिङ यात्रा सुरु भएको हो ।

मोडलिङ र गायनमध्ये कुन पहिले सुरु गर्नुभयो ?

मोडलिङ नै पहिले सुरु गरेकी हुँ । तर, जुन वर्ष मोडलिङ गरेँ, त्यही साल गाउन थालेकी हुँ । यो क्षेत्रमा लागेको तीन वर्ष भयो । मेरो पहिलो एल्बम ‘वनको चिलाउने’ हो ।

तपाइँ कस्तो गीत बढी गाउनुहुन्छ ?

म प्रायः टिपिकल लोकदोहोरी गीत गाउँछु । मोडलिङ पनि लोकदोहोरी र तीजका गीतमै बढी गरेकी छु ।

मोडलिङ गर्ने र गीत गाउने सोच गाउँमा हुँदै थियो ?

अँह थिएन । गाउँमा स्कुलमा चाहिँ नाच्ने गर्थेँ । तिहारमा देउसी–भैलोमा नाच्थेँ । तर, गायिका वा मोडल नै बन्छु भनेर सोचेकी थिइनँ । यही आएपछि सबै कुरा भयो ।

काठमाडौं आएपछि फेरि पढ्ने सोच आएन ?

बेला–बेला आउथ्यो । तर, आँट नै आएन । आमा–बाबुले पनि गाउँमा आऊ, पढ भन्नुहुन्थ्यो । तर, मलाई गाउँ जानै मन परेन । घरमा फर्काएर लैजान्छन् भनेर एक वर्ष घरका मान्छेसँग सम्पर्कविहीन भएर बसेँ ।

अहिलेचाहिँ के गर्दै हुनुहुन्छ ?

भर्खरै प्रकाश सपुतसँग एउटा भिडियो गरेकी छु । ‘उडाइ देउ उडाइ देउ, नेपालको धुलो चाइना पु¥याउदेउ’ बोलको गीत हो । जुन चाँडै आउँदैछ ।

गायन र मोडलिङबाहेक अरु के गर्नुहुन्छ ?

बेलुकी एउटा रोधी क्वलमा गाउँछु । अरुबेला मोडलिङ र रेकर्डिङमा व्यस्त हुन्छ । अहिले मेला महोत्सवको सिजन छैन । महोत्सवमो सिजनमा पूरै व्यस्त भइन्छ ।

दोहोरी साँझमा गाउन कतिको गाह्रो छ ?

छैन, दोहोरी त जस्तो पनि गाउन सक्छु । उत्तर फर्काउन सक्छु । तर, मेरो स्वर पो राम्रो छैन । ग्राहकहरु प्रायः मैसँग गाउन खोज्छन् ।

राम्री भएर होला नि ?

खै त्यो त । राम्री भएरभन्दा पनि फस्र्यौली छु । जोसँग पनि मीठो बोल्ने, हास्ने गर्छु । म चञ्चल स्वभावकी छु । चुप लागेर त बस्नै सक्दिनँ ।

फस्यौली, राम्री र चञ्चल स्वभावकी हुनुहुन्छ । प्रेम प्रस्ताव कतिको आउँछ ?

मन पराउँछु, माया गर्छु भन्नेहरु त धेरै आउँछन् । बिहे गरौँ भन्नेहरु पनि आउँछन् । तर, मलाई मनपर्ने भेटेकी छैन । मनपरेको भेटेपछि एकैपटक बिहे गर्ने सोच छ ।

फिल्ममा अभिनय गर्ने इच्छा छ कि छैन ?

इच्छा त छ । तर, मलाई मनपर्ने विषयवस्तु र सुहाउँदो भूमिका हुनुपर्छ । म चञ्चल स्वभावकी भएकाले चञ्चल केटीको भूमिका गर्ने मन छ ।

प्रतिक्रिया दिनुहोस
धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा

नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज