परपुरुषसँगको सम्बन्ध लुकाउन आफ्नै छोरीले गराइन् आमाको हत्या



हाम्रो इकोनोमि

 

भक्तपुरमा आफ्नै छाेरीले आमाको हत्या गराएको खुलेकाे छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा आइतबार बिहान भएको वृद्धाको हत्या उनकै छोरीको संलग्नतामा भएको खुलेको हो ।

 

हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

 

भट्टराईलाई भक्तपुर, नौसादलाई धादिङ र भोला कुमार तथा मोहम्मद रहिशलाई मकवानपुरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई भक्तपुरको चाँगुनारायण-७, बाँसबारीस्थित छोरी ईश्वरीको घरमा आएकी ६१ वर्षीया सावित्री भट्टराईको आइतबार बिहान घाँटी रेटेर हत्या भएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले आज पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्नहरु सार्वजिनक गर्दै छाेरीको योजनामा हत्या भएको तथ्य खुलाएको हो ।

छोरी ईश्वरीले आफ्ना प्रेमी सिरहाको कल्याणपुर नगरपालिका-४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँगको संलग्नतामा आमाको हत्या गराएको जनाएको प्रहरीले जनाएको छ ।

ईश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकारीसकेकी छिन् ।

 

ईश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय ‘अर्जुन कुमार’ भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।

 

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार मोहम्मद नैसाद ईश्वरी भट्टराईको प्रेमी हुन् । ईश्वरी विवाहित हुन् । उनका श्रीमान् विमानस्थल क्षेत्रमा होटलमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार ईश्वरी र मोहम्मद नैसादबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो ।

आइतबार सावित्री कान्छी छोरी ईश्वरीकै डेरामा थिइन् । ईश्वरी भने डेरामा थिइनन् । एसएसपी थापाका अनुसार प्रेममा बाधक भएको भन्दै ईश्वरीले आमाको हत्या गर्न लगाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...