हामी गरिब ठान्छौं तर संसारकै सबैभन्दा खुसी देश हो भुटान, यी ६ कारणले बन्यो खुसी देश



 

हाम्रो राजधानी काठमाडौं धुलो धुवाँ र प्रदूषणले आक्रान्त छ । तर, हामीले गरिब ठान्ने देश भुटान भने संसारकै प्रदूषण मुक्त र संसारकै सबैभन्दा खुसी देश हो ।

यो उपलब्धीमा जति योगदान सरकारी नीतिको छ उत्तिकै योग दान यहाँका नागरिकको पनि छ ।

यो देशको सुन्दरता देखेर संसारभरबाट पर्यटक यहाँ पुग्छन् । भुटानका चर्चित चिन्तक तथा ग्रोस नेशनल ह्याप्पिनेस सेन्टर भुटानका प्रमुख डा. सांगडू क्षेत्रीका अनुसार भुटानका नागरिक प्रकृतिलाई भगवान मान्छन् ।

यहाँ आज पनि परिवारका कैयौं पुस्ता एउटै घरमा प्रकृतिको चिन्ताका साथ रहन्छन् ।

भुटानको कूल गार्हस्थ उत्पादन नेपालको भन्दा निकै कम छ । तर, यहाँका नागरिक प्रसन्न, सन्तुष्ट छन् र प्रकृतिसँग प्रेम गर्दै, जीवनको मूल्य बुझ्दै अगाडि बढिरकेका छन् । ५ कारणले गर्दा भुटान संसारकै खुसी देश बन्न सकेको हो ।

१. जंगलको संरक्षण:
भुटानको सबैभन्दा ठूलो शक्ति यहाँको जंगल हो । भुटानलाई संसारको सबैभन्दा हराभरा देश मानिन्छ । भुटानको कूल भूभागको ७० प्रतिशत भूभागमा जंगल छ ।

प्रकृतिले घेरिएको भुटानलाई संसारमा सबैभन्दा धेरैअक्सिजन उत्पादन गर्ने देश मानिन्छ । उच्च पर्वत, नदीको सफा पानी र हरियाली यहाँको विशेषता हो ।

यहाँ जति कार्बन उत्पादन हुन्छ त्यो सबै यहाँका जंगलले नै नष्ट गरिदिन्छन् । यही खुबीका कारण भुटान प्रदूषण रहित छ । जंगल जोगाउन यहाँको सरकार मात्र होइन नागरिक पनि उत्तिकै योगदान दिन्छन् ।

२. २० वर्षदेखि प्लाष्टिकमाथि प्रतिबन्ध:

प्लाष्टिक कति सम्म खतरनाक हुन्छ भन्ने कुरा भुटानले धेरै पहिले बुझिसकेको थियो । सन् १९९९ मा नै यहाँ प्लाष्टिकका कैयौं सामानमा प्रतिबन्ध लगाइएको थियो । २० वर्ष पछि अहिले पनि हाम्रो देशमा भने प्लाष्टिक छ्याप्छ्याप्ती छ जसका कारण हाम्रो देशमा प्रदूषण फैलिएको छ ।

उता भुटानमा भने प्लाष्टिक प्रतिबन्धको नियमलाई यहाँका हरेक नागरिक अभियानजस्तै मान्छन् र कडाइका साथ त्यसको पालना गर्छन्।

३. सूर्तिजन्य पदार्थविरोधी कानुन बनाउने पहिलो देश:

भुटानका अधिकांश नीति यस्ता छन् जसले पर्यावरण र नागरिकको स्वास्थ्य राम्रो राख्न सहयोग पुर्याउँछन् । धुम्रपान र सूर्तिजन्य पदार्थसँग भुटानको लडाइँ निकै पुरानो हो । झण्डै ३ सय वर्ष पहिले सन् १७२९ मा सूर्तिजन्य पदार्थ रोक्न कानुन बनाउने पहिलो देश भुटान थियो । १९९० मा यहाँ धुम्रपान र सूर्तिजन्य पदार्थविरोधी अभियान अझै कडा भयो ।

फलस्वरुप भुटानका २० जिल्ला धुम्रपानमुक्त जिल्ला घोषित भइसकेका छन्।२००४ मा पूरै देशमा धुम्रपानमाथि प्रतिबन्ध लगाइयो।कानुनअनुसार धुम्रपान र सूर्ति सेवन गर्दा पक्राउ परेमा सिधै जेल जानुपर्छ र जमानत हुँदैन।

४.हरियाली बढाउने रेकर्ड बनायो:

भुटानको हरियाली र स्वच्छताको चर्चा विश्वभर छ । देशलाई अझै हराभरा बनाउनको लागि २०१५ मा ‘सोसल फरेष्ट्री डे’को अवसरमा भुटानमा १०० जवानको टिमले मिलेर १ घण्टामा ४९ हजार ६७२ बिरुवा रोपे । एकैपटक सर्वाधिक बिरुवा रोपेको भुटानको यो विश्वरेकर्ड गिनिज बुकमा दर्ता भयो ।

यस पटक अघिल्लो रेकर्ड तोड्दै पहिलेभन्दा १० हजार बढी बिरुवा रोपियो।२०१५ मा हजारौं नागरिकले भुटानका राजा रानीको पहिलो सन्तान राजकुमार ग्यालसेको जन्मदिन १ लाख ८ हजार बिरुवा रोपेर मनाएका थिए ।

५. पर्यावरण दिवसमा पैदल दिवस मनाउने पहल:

गत वर्ष भुटानमा विश्व पर्यावरण दिवसलाई पैदल दिवसको रुपमा मनाउने पहल गरिएको थियो । भुटानको यातायात विभाग ‘रोयल भुटान पुलिस’को निर्देशनअनुसार देशभर शहरी क्षेत्रमा यातायात बन्द थियो । सडकमा आपतकालीन वाहनलाई मात्र चल्न दिइएको थियो । यो निर्देशनलाई यहाँका नागरिकले कडाइका साथ पालना पनि गरे ।

६. देशमा कुनै पनि वृद्धाश्रम छैन:

रोचक कुरा त के भने भुटानमा एउटा पनि वृद्धाश्रम छैन र यहाँका नागरिकले आफ्नो समाजमा यस्तो ठाउँ हुनु हुँदैन भन्ने मान्छन् । भुटानका चिन्तक डा. सांगडू क्षेत्री भन्छन् – यो समाजको लागि कलंक हो । नकारात्मक विचारसँग जोडिएर रहँदा प्रसन्नता नआउने उनको तर्क छ । परिवार एकसाथ रहँदा प्रसन्नता आउने भन्दै यहाँ कसैले पनि वृद्धवृद्धालाई वृद्धाश्रम पठाउने कुरा मान्दैनन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु

नेपाल बीमा प्राधिकरण अध्यक्षको लागि दर्खास्त आह्वान

    नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस

रविलाई काठमाडौं प्रहरीमा जिम्मा लगाउने तयारी

     अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा