एसइईमा ३.६ जिपिए आएपछि यी दुई किशोरीले गरे आत्महत्या



हाम्रो इकोनोमि

 

केही वर्ष पहिले परीक्षामा असफल भएको भन्दै विद्यार्थीहरुले जीवन त्याग गरेका खबर आउँथे । अहिले माध्यामिक शिक्षा परीक्षा एसईईमा ग्रेडिङ प्रणाली लागु गरेको छ । पहिलेको तुलनामा ग्रेडिङ प्रणाली लागु भएपछि यस्ता अप्रिय घटनाहरु खासै सुनिएको थिएन । तर यो बर्ष भने यो अप्रिय घटना दोहोरियो । विद्यार्थीहरुले सोचेअनुसार नतिजा नआएपछि विकल्पमा मृत्युको बाटो नै रोज्न थालेका घटनाहरु बाहिर आइरहेका छन् । यस वर्ष पनि नतिजा सोचे अनुरुप नआएको भन्दै २ किशोरीले जीवन नै त्याग गरेका छन् । जीवन त्याग गर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौं चन्द्रागिरीमा बस्दै आएकी किशोरी सदिक्षा पौडेल रहेकी छिन् । उनले चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै डोरीमा आफ्नो जीवन त्याग गरिन् । बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो ।

यो भनेको सामान्यतया राम्रो नतिजा नै मानिन्छ । उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ । उता झापामा समेत अर्की किशोरीले जीवन त्याग गरेको खबर छ । बुद्धशान्ति बुधबारे स्थित वाल्मीकि बोअर्दिन्ङ स्कुलमा अध्ययनरत सलिना ढकालले पनि नतिजालाई लिएर आफुलाई त्याग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...