कांग्रेसको मुख्यालय क्षेत्रमा बामदेवको वृक्षारोपण



हाम्रो इकोनोमि

 

सरकारले शुरु गरेको वृक्षारोपण अभियान शनिवार देशभर चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर क्षेत्रमा विहान वृक्षारोपण गर्नुभयो । यसैक्रममा नेकपाका सचिवालय सदस्य तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमलले विपक्षी दल नेपाली कांग्रेसको मुख्यालय सानेपा क्षेत्रमा विहान वृक्षारोपण गर्नुभएको छ ।

 

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा किसान महासंघको आयोजनामा नेता गौतमले सानेपा क्षेत्रमा वृक्षारोपण गर्नुभएको हो । रुख र हावा सबैको लागि अपरिहार्य भएको बताउदै नेता गौतमले वृक्षारोपण गर्नुभयो । ‘आजभोलि दिनानुदिन रुखहरू काटिँदै गएका छन् । अझ शहरी क्षेत्रमा त रुख विरुवा देख्नै पाइँदैन,’उहाले भन्नुभयो,‘त्यसैले सबैले आ–आफ्नो घर वरपर विरुवा रोपौं । वृक्षारोपणले मानव स्वास्थ्यमा पनि राम्रो गर्छ, त्यसैले यहाँ आएको हुँ ।’

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...