वृक्षारोपण अभियान शुरु, प्रधानमन्त्रीले रोपे नासपाती



हाम्रो इकोनोमि

 

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर-कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे ।

सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो ।

कोटेश्वर क्षेत्रको कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, वनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगर, कानुन मन्त्री भानुभक्त ढकाल, शताब्दी पुरुष सत्यमोहन जोशीलगायत सहभागी भए ।

 

वृक्षारोपण कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, सांसद, बिभिन्न सामाजिक संस्था, राजनीति दलका कार्यकर्तालगायतको पनि उल्लेख्य उपस्थिति थियो ।

कोटेश्वर-कलंकी क्षेत्रलाई ९ खण्डमा बिभाजन गरी जनसहभागीताको व्यवस्था मिलाइएको थियो ।

वन मन्त्री शक्ति बस्नेतका प्रेस संयोजक दयानिधी भट्टका अनुसार कोटेश्वरदेखि कलंकीसम्म करिब ३ हजार बिरुवा रोपिएको छ । आज पहिलो दिन देशभर ५ लाख बिरुवा रोप्ने लक्ष्य छ ।

 

सबै बिरुवाहरुको व्यवस्था वन मन्त्रालयले मिलाएको छ । ‘वन मन्त्रालयका देशैभरका नर्सरीहरुमा २ करोड र निजी नर्सरीहरुमा ३ करोड बिरुवा रहेको तथ्यांक छ,’ भट्टले भने, ‘काठ, कुकाठ, फल र फूलका बिरुवाहरु मन्त्रालयले नै व्यवस्था गरिदिन्छ ।’

मन्त्रालयका अनुसार आजबाट वृक्षारोपण शुभारम्भ भए पनि यस्तो काम वर्षैभरी जारी रहन्छ । त्यसको रेकर्ड राख्ने, संरक्षण गर्ने, अनुमगन गर्ने र कुनै बिरुवा मर्‍यो भने, त्यसको ठाउँमा अर्को रोप्ने काम पनि गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...